Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालउद्योग वाणिज्य संघ दैलेखमा नयाँ नेतृत्व

उद्योग वाणिज्य संघ दैलेखमा नयाँ नेतृत्व


काठमाडौं । दैलेख उद्योग वाणिज्य संघको नयाँ नेतृत्वचयन गरिएको छ । शुक्रबार सम्पन्न संघको १०औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनले कुलबहादुर बिकको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्वचयन गरेको हो ।

यसअघि २०७४ सालमा भएको संघको नवौँ वार्षिक साधारणसभा तथा आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका विक दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन भएका हुन् । यस्तै अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा नरेन्द्र थापा, वाणिज्य उपाध्यक्षमा कृष्ण प्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा राजेश कुमार हमाल, महासचिव प्रकाश पौडेल, सचिव अशोक कुमार थापा र कोषाध्यक्षमा सीताराम थापा चयन भएका छन् ।

यस्तै सदस्यहरुमा ध्रुवविक्रम थापा, शम्शेर मल्ल, रामबहादूर बिक, राधा ज्ञवाली, विष्णुकुमारी जैसी, रामबहादुर बुढा, गणेश बुढा, सन्तोष श्रेष्ठ, शंकर श्रेष्ठ र अजीत श्रेष्ठलाई चयन गरिएको छ । शुक्रबार बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले गंगाराम ढकाल, कमलप्रसाद शर्मा, सन्दीप खाण र गोविन्द कार्कीलाई सदस्यमा मनोनीत गरेको छ भने निवर्तमान वरिष्ठ उपाध्यक्ष कविराज खत्रीलाई सल्लाहकार संयोजकमा मनोनीत गरेको छ ।

नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिँदै नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले उद्योगी व्यवसायीहरु दिनप्रतिदिन चर्को ब्याजदरमा फस्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै समग्र जिल्लाको विकास, ठूला आयोजना निर्माणमा व्यापारीहरुको हकहितका लागि नयाँ नेतृत्व गम्भीर भएर लाग्नुपर्ने सुझाव दिएका छन् ।

यस्तै नवनिर्वाचित अध्यक्ष विकले व्यवसायीहरुको हकहितमा सधैँ कटिबद्ध रहेको बताए । यसअघि कोरोना भाइरसलगायतका कारण योजना लिएअनुरुप काम गर्न नपाएको बताउँदै अध्यक्ष बिकले अब सबै पदाधिकारी र सदस्यहरु एकताबद्ध भएर व्यवसायीहरुको हकहितका लागि नयाँ कामहरु गर्नमा जुट्ने बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x