२७ करोड ४७ लाख रुपैयाँबराबरको खानेपानी पाइपलाइनमा क्षति
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल), आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले हालसम्म करिब २७ करोड ४७ लाख रूपैयाँबराबरको खानेपानी पाइपलाइनमा क्षति भएको जनाएको छ । खानेपानी पाइपलाइन बिछ्याउनुभन्दा अगाडि भएका सहमति र सम्झौताविपरीत पीआईडीसँग समन्वय नगरी सडक तथा ढल मर्मत एवं विस्तार र विद्युत् लाइन भूमिगतलगायतका कार्य गर्दा उक्त रकमबराबरको क्षति भएको हो ।
यस्तै पीआईडीले कतिपय निकायबाट क्षति भई जानकारी नदिएको र पाइपलाइन परीक्षणका क्रममा मात्र क्षति भएको थाहा पाइएकाले क्षतिग्रस्त पाइपलाइनहरूको विवरण आउने क्रम भने जारी नै रहेको जनाएको छ ।
पीआईडीको आग्रहका बाबजुद पनि सडक, ढल तथा भूमिगत विद्युत् लाइन निर्माणसम्बन्धी कार्य गर्दा भर्खरै बिछ्याइएका खानेपानीका पाइपलाइनमा भएका क्षति र स्थानको जानकारी पीआईडीलाई नदिने क्रम पनि बढ्दै गएको पीआईडीका आयोजना उपनिर्देशक एवं प्रवक्ता ई. चन्द्र कुमार श्रेष्ठले जानकारी दिए । यस्तै पीआईडीले खानेपानी पाइपलाइनमा क्षति नपुग्ने गरी सडक तथा ढल मर्मत एवं विस्तार, विद्युत् तथा टेलिफोन लाइन भूमिगतलगायतका कार्य गर्न सम्बद्ध निकायहरू (तेस्रो पक्ष)सँग आग्रह गरेको समेत छ ।
पीआईडीले सडक विभाग, नेपाल विद्युत् प्राधिकरण, चक्रपथ विस्तार आयोजना, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौं र ललितपुर महानगरपालिका, चःमति जग्गा एकीकरण आयोजना र सम्बद्ध अन्य संघ संस्थाहरूसँग खानेपानी पाइपलाइन बिछ्याइएका क्षेत्रमा सडक तथा ढल निर्माण एवं मर्मत र भूमिगत विद्युत् लाइनसम्बन्धी कार्य सुरू गर्नुभन्दा अगाडि पीआईडीसँग आवश्यक समन्वय गर्न र एउटै ट्रेन्च तथा एउटै लेबलमा पाइप र पावरलाइन तथा अन्य संरचना नराखिदिन आग्रह गरेको हो ।
पीआईडीबाट हाल काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भइरहेका खानेपानी पाइपलाइन परीक्षणका क्रममा विगतमा क्षति भएका पाइपलाइन धमाधम फेला परिरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
खानेपानी पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भए पनि मेलम्ची खानेपानी आयोजनाबाट आएको पानी परीक्षण गरेपछि मात्र पाइपलाइन केयूकेएललाई हस्तान्तरण गर्नुपर्ने भएका कारण सन् २०१४ यता निर्माणसम्पन्न भएका पाइपलाइनहरू हस्तान्तरण हुन सकेका छैनन् । यसले गर्दा क्षति पुगेका पाइपलाइनको पुनर्निर्माणमा समस्या देखापरेको छ । उक्त समस्या समाधान गर्नको लागि सडक, ढल र भूमिगत विद्युत् लाइन निर्माणलगायतका कार्य गर्दा पीआईडीमा सम्पर्क गर्न र पाइपलाइन तथा जडित संरचनाहरूको पर्याप्त सुरक्षाका लागि सावधानीका साथै आवश्यक उपायहरू अवलम्बन गर्न र कथमकदाचित पाइपलाइन क्षति भएमा पुनर्निर्माणको सुनिश्चितता गरेर मात्र काम गर्न सम्बद्ध सबै निकायहरूलाई आयोजना कार्यान्वयन निर्देशनालयले आग्रह गरेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया