Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘भीमदत्तमा दुईवटा दमकल छन् तर आगलागीमा काम लाग्दैनन्’

‘भीमदत्तमा दुईवटा दमकल छन् तर आगलागीमा काम लाग्दैनन्’


महेन्द्रनगर । शनिबार दिउँसो साढे १२ बजे भीमदत्त नगरपालिका–६ ऐठपुरस्थित एक जना किसानको खेतमा आगलागी भयो । गहुँको नलमा लागेको आगो फैलिँदै खेतकै छेउमा रहेको बाँसघारीमा सल्कियो ।

बाँसघारी नजिकै थियो, बस्ती । स्थानीयले डराउँदै प्रहरीलाई खबर गरे । प्रहरीले भीमदत्त नगरपालिकाको ०९९–५२२३११ नम्बरमा फोन गरे । सुरुमा फोन नै उठेन । तारन्तार गरेपछि आधा घण्टापछि फोन उठ्यो । ‘सुरुमा त फोन उठाएनन्’, ऐठपुरका स्थानीय नरेन्द्र चन्दले भने, ‘लगातार फोन गरेपछि उठाए । तर, दमकल बिग्रिएको खबर दिए ।’ भीमदत्त नगरपालिकामा दुईवटा दमकल छन् । जेठ मसान्तसम्म आगलागीको मौसम भएकाले दमकललाई तयारी अवस्थामा राख्नुपर्ने हो, नगरपालिकाले । तर, नगरपालिकाका दुवै दमकल थन्किएका छन् । ‘नगरपालिकाबाट दमकल बिग्रिएको खबर पाएपछि फेरि प्रहरीलाई फोन ग-यौँ,’ चन्दले भने, ‘प्रहरीले वेदकोट नगरपालिकासँग समन्वय गरेर त्यहाँको दमकल मगाए, त्यहाँबाट चाँडै दमकल आयो र अप्रिय घटना हुन पाएन ।’ अनावश्यक काममा खर्च गर्ने जनप्रतिनिधिहरूले दमकल मर्मतमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

‘जनप्रतिनिधिहरूले अनावश्यक काममा फजुल खर्च गर्दै आएका छन्, भवन नै दरबारजस्तो बनाइरहेका छन्,’ चन्दले भने, ‘त्योमध्ये केही बजेट दमकल मर्मतमा लगाए आवश्यक परेको समयमा जनताले सेवा पाउने थिए ।’ प्रहरी र वेदकोट नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा आएको उनले बताए । ‘समयमै वेदकोटको दमकल नआएको भए धेरै क्षति हुने थियो,’ उनले भने, ‘स्थानीय, प्रहरी र दमकलको सहयोगमा साढे ३ बजे आगो निभाउन सफल भयौँ ।’


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x