सुनचाँदी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन आग्रह
काठमाडौं । सुनचाँदीको आपूर्ति व्यवस्था ठप्प भएपछि आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन सुनचाँदी क्षेत्रका तीन महासंघले सरकारसँग सामूहिकरूपमा अग्रह गर्ने निर्णय गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघको आयोजनामा आइतबार बसेको तीन महासंघको संयुक्त बैठकले आपूर्तिको वैकल्पिक व्यवस्था अवलम्बन गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो ।
अत्यावश्यक वस्तुबाहेक अन्य वस्तुहरूको एलसी नखोल्ने बैंकहरूको गत सताको निर्णयसँगै बजारमा सुनचाँदीको आपूर्ति ठप्प भएको छ । आपूर्ति ठप्प हुँदा यस क्षेत्रमा आबद्ध २०औँ हजार व्यवसायी तथा लाखौँ कालिगढको रोजिरोटी नै संकटमा पर्नसक्ने तथा आम उपभोक्ताको अधिकार कुण्ठित हुनजाने भएको भन्दै उनीहरूले त्यो अवस्था आउन नदिन आपूर्तिको अन्य विकल्प खोज्न सरकारसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले विदेशी मुद्राको सञ्चिति घटेको अहिलेको अवस्थामा बैंकहरूबाट ल्याइने सुनको आपूर्ति रोकिए पनि बजारलाई सुचारु राख्न वैकल्पिक व्यवस्था अलवम्बन गर्नुपर्ने बताए । विदेशी मुद्रा सञ्चितिमा प्रभाव नपर्ने गरी आन्तरिक स्रोत र अन्य वैकल्पिक व्यवस्था अवलम्बन गरी अहिलेको गर्जो टार्न सकिने उनको भनाइ छ ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठले पनि सरकार, सुनचाँदी व्यवसायी र आम उपभोक्ता सबैलाई सहज हुनेगरी आपूर्तिको विकल्प खोजिनुपर्ने बताए । यस्तै नेपाल हस्तकला व्यवसायी महासंघका अध्यक्ष प्रचण्ड शाक्यले कच्चा पदार्थको आपूर्ति रोकिँदा चौतर्फि समस्या आएको भन्दै त्यसको निराकरणका लागि तीनैवटा संस्था संयुक्त रूपमा लागि पर्नुपर्ने खाँचो औँल्याए । सुनचाँदी क्षेत्रमा काम गर्दै आएको तीनैवटा छाता संस्थाको तर्फबाट एउटा साझा संयन्त्र बनाएर समस्या समाधानका लागि अगाडि बढ्ने सहमति भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइलीले बताए । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघ र नेपाल हस्तकला व्यवसायी महासंघक सुनचाँदीको क्षेत्रमा काम गर्ने छातासंस्था हुन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया