ठमेलको लर्ड अफ ड्रिंक्समा पवनदीपलाई सुन्न सकिने
काठमाडौं । भारतीय गायक इन्डियन आइडल २०२१ विजेता पवनदीप राजन काठमाडौं आउने भएका छन् । काठमाण्डौंमा प्रस्तुति दिनका लागि पवनदीप नेपाल आउने भएका हुन् । ३६५ इभेन्टस् एण्ड मिडियाले म्यानेज गर्ने सांगितिक कार्यक्रममा पवनदीपले दुई स्थानमा आफ्नो प्रस्तुती दिनेछन् ।
डिस्ट्रिक्ट अवार्ड एण्ड रिकग्निसन कमिटी २०–२१ रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल – भुटानले आयोजना गरेको अवार्ड सेरमोनी कार्यक्रममा चर्चित गायक पवनदीपले काठमाण्डौको पाँचतारे होटेल याक एण्ड यति दरबारमार्ग काठमाण्डौमा आफ्नो सांगितिक प्रस्तुती दिनेछन् । साथै वैशाख ११ गते रोटरी क्लब अफ पाटन वेस्टले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा गायक पवनदीपलाई ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) मा सुन्न सकिनेछ ।
कार्यक्रमका लागि दुई थरीको टिकटको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार २५ सय र ३ हजार दरको टिकट राखिएको र उक्त टिकटबाट उठेको रकम रोटरी क्लबले सामाजिक कार्यका लागि सहयोग गर्ने आयोजकले जनाएको छ । टिकट विभिन्न माध्यमबाट उपलब्ध हुने समेत जानकारी आयोजकले दिएका छन् । अनलाईन टिकटका लागि भुक्तानी प्रदायक आइ एमई पे वालेट मार्फत खरिद गर्न सकिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार काठमाण्डौको विभिन्न स्थानहरु जस्तै लुना रेष्टुरेण्ट एण्ड बार ठमेल, लर्ड अफ ड्रिंक्स ठमेल, मोजो बुटिक होटेल बानेश्वर, लोकल रेष्टुरेण्ट मध्य बानेश्वर, रोयल एम्पायर बुटिक होटल बालुवाटारबाट समेत टिकट लिन सकिने छ । पवनदीप राजन इन्डियन आइडल सन् २०२१ सिजन १२ का विजेता हुन् । उक्त सांगितिक कार्यक्रम विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय ब्राण्ड/कम्पनीले प्रायोजन गरेका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया