नेपाल टेलिकमको स्प्रिङ अफर
काठमाडौं । नेपाल टेलिकमले सबै सेवाप्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने अलटाइम अल नेट भ्वाइस प्याकसहितको स्प्रिङ अफर उपलब्ध गराउने भएको छ ।
सोमबारदेखि उपलब्ध हुने यस अफरमा कम्पनीले पाँच सय ९९ देखि एक हजार चार सय ९९ सम्मका सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरु समावेश गरेको छ । अबदेखि नौ सय ९९ रुपैयाँ र एक हजार चार सय ९९ रुपैयाँका प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अन्य सेवाप्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिनेछ । यी प्याकमा क्रमशः प्रतिदिन दुई जीबी र चार जीबी डाटा तथा प्याक अवधिमा चार सयवटा र एक हजारवटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।
स्प्रिङ अफरअन्तर्गत ग्राहकहरुको मागअनुरुप कम्पनीको सेवाबाट अन्य सेवा प्रदायकको नेटवर्कमा न्यूनतम महशुलमा कुराकानी गर्न सकिने अल नेट भ्वाइस प्याक उपलब्ध गराइएका छन् । सेवाग्राहीहरुको चाहनालाई ध्यानमा राख्दै कम्पनीले उपलब्ध गराइरहेका विभिन्न प्रकारका सजिलो अनलिमिटेड पोस्टपेड प्याक, सजिलो अनलिमिटेड प्रिपेड प्याक र सस्तो कम्बो प्याकहरुलाई अझै ग्राहकमैत्री र आकर्षक बनाइएका छन् । ग्राहकहरुको रुचिअनुसारका केही प्याकहरुको मूल्य अझै कम गरिएको छ ।
कम्पनीका नेटवर्कबाट कुनैपनि नेटवर्कमा ५ सय मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक २ सय ६५ रुपैयाँमा र १२०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक ५ सय ५० रुपैयाँमा उपलब्ध हुनेछ । यी बाहेक कम्पनीको नेटवर्कमा र अन्य नेटवर्कमा समेत कुराकानी गर्न सकिने विभिन्न प्याकहरु उपलब्ध हुनेछन् । स्प्रिङ अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले स्टार १४१५ ह्याक्स डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया