महाकाली नदीको पुल निर्माण कम्पनीविरुद्ध स्थानीय अख्तियारमा
महेन्द्रनगर । महाकाली नदी किनारका स्थानीयले महाकाली नदी पुल र पहुँचमार्ग निर्माणमा मापदण्डविपरीत कार्य गरिएकोले छानबिन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोग उजुरी दिएका छन् । उनीहरूले छानबिन गरी ठेकेदार कम्पनीलाई कारबाहीका लागि आयोगको कार्यालय कञ्चनपुरमा उजुरी दिएका हुन् ।
उजुरीमा नदी किनारका दुई सय बासिन्दाले हस्ताक्षर गरेका छन् । पुल निर्माण गरी रहेको कुमार सीएफसी जेभीले पुल निर्माण र पहुँच मार्ग निर्माणमा मापदण्डविपरीत निर्माणकार्य गरी सरकारी नियम कानुनको धज्जी उडाएकाले छानबिन गर्न उजुरीमा माग गरिएको छ । ‘ठेकेदार कम्पनीले पुल र पहुँचमार्ग राष्ट्रिय गौरवको योजना भन्दै नियम, कानुन, मापदण्ड सबै कुराको धज्जी उडाउँदै कार्य गरिरहेको अवस्थामा हामी भीमदत्त नगरवासीको स्रोत, सम्पत्तिमाथिको दोहन करोडौँ रुपैयाँ राजस्व घोटाला र मापदण्डविपरीत पहुँचमार्ग निर्माणलगायतका बेथितिविरुद्ध सचेत र कर्तव्यनिष्ठ नागरिकका रूपमा हामीले आयोगका उजुरी दिएका छौँ ।’ स्थानीयले अख्तियारमा उजुरी दिएपछि सार्वजनिक प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई विश्वास छ, सम्मानित संवैधानिक आयोगले यस विषयमा गम्भीर छानबिन र आवश्यक कारबाहीका लागि यथाशीघ्र कारबाही गर्ने अपेक्षा लिएका छौँ ।’
अख्तियारमा दिइएको उजुरीमा यसअघि मापदण्डअनुसार निर्माण गराउन ठेकेदार कम्पनीलाई पटक–पटक खबरदारी गरिए पनि बेवास्ता गरिएकाले अख्तियार गुहार्न पुगेको उल्लेख गरिएको छ । स्थानीयले ठेकेदार कम्पनीले खबरदारीलाई समेत बेवास्ता गरी स्वेच्छाचारिता देखाएको उजुरीमा उल्लेख गरिएको छ ।
महाकाली नदीमा पुल निर्माण भएपछि ठूलो संख्यामा स्थानीय पहिलो पटक ठेकेदार कम्पनीविरुद्ध देखिएका छन् । यसअघि पनि निर्माण गुणस्तरलाई लिएर ठेकेदार कम्पनी विवादमा पर्दै आएको छ । भीमदत्त नगरपालिकासित रोयल्टी विवाद र पहुँचमार्ग भत्किएपछि ठेकेदार कम्पनी चौतर्फी आलोचनामा परेको छ । भीमदत्तलाई १४ करोड रोयल्टी तिर्न आनाकानी गर्दै आएको छ । नगरपालिकाले रोयल्टी रकम तिर्न पटक–पटक ताकेता गर्दै आएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया