‘अन अराइभल भिसा’का लागि नगद बोक्नुपर्ने प्रावधान खारेज
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकहरूले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’का लागि नगद रकम बोक्नुपर्ने प्रावधान हाललाई खारेज गरिएको छ ।
विमानस्थल अध्यागमन विभागले वैशाख ३ गते नेपाल भ्रमणमा आउने पर्यटकहरूका लागि ‘अन अराइभल भिसा’ शुल्क लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एटीएम मेसिनबाट डलरबराबरको नेपाली रुपैयाँ निकाल्न समस्या भएकाले नगद दुई अमेरिकी डलर साथमा ल्याउनुपर्ने सूचना प्रकाशित गरेको थियो । उक्त सूचनाको चौतर्फी विरोध भएपछि हाललाई उक्त प्रावधान खारेज भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलको अध्यागमन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम मेसिन सोमबार जडानको काम सुरु भइसकेको र अब पर्यटकहरूले अनअराइभल भिसाका लागि नगदै बोकेर आउनुपर्ने प्रावधान हटाइएको विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । नगद बोक्नुपर्ने प्रावधान हटाइएपछि विमानस्थलले अनअराइभल भिसाका लागि नेपाल आउने विदेशी पर्यटकका लागि सहज हुने अपेक्षा लिइएको छ ।
विमानस्थलको अध्यागमन कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटकको सहजताका लागि भन्दै राष्ट्रिय वाणिज्य बैंकका दुईवटा एटीएम मेसिन र दुईवटा पीओएस मेसिन थप गर्न लागिएको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रभु बैंकको एउटा एटीएम मेसिन मात्रै भएको र उक्त मेसिनले मास्टर कार्ड रिड गर्न छाडेपछि समस्या आएको थियो । अनअराइभल भिसाका लागि विद्युतीय भुक्तानीमा देखिएको समस्या समाधानका लागि यात्रु प्रस्थान कक्षमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम मेसिन राखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
यसअघि पर्यटन व्यवसायीहरूले अध्यागमन विभागले जारी गरेको उक्त सूचनाले नेपालप्रति नकारात्मक सन्देश जान सक्ने भएकाले तत्काल पर्यटक आगमनलाई सहज पुग्ने गरी काम अघि बढाउन माग गरेका थिए । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), होटल संघ नेपाल (हान), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ, नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज् (नारा) लगायतका संस्थाहरूले विज्ञप्ति जारी गरी कोभिड–१९ ले थला परेको पर्यटन व्यवसाय चलायमान हुन सुरु गरेको अवस्थामा अध्यागमन विभागले जारी गरेको सूचनाले नेपाल भ्रमणमा आउने पर्यटकलाई नकारात्मक बनाउने तथा हाम्रो संरचनाप्रति विश्वसनीयता समेत घटाउने बताएका थिए । साथै अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेका एटीएम मेसिन दुरुस्त सञ्चालन हुने व्यवस्था गर्न सम्बन्धित वाणिज्य बैंकहरूलाई निर्देशन दिन तथा ई–पेमेन्ट गेट–वेमार्फत विदेशबाटै सहज भुक्तानीका लागि वातावरण बनाउन नेपाल राष्ट्र बैंकले आवश्यक प्रबन्ध गर्न पनि व्यवसायीले माग गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र थप वाणिज्य बैंकहरूका एटीएम बुथको संख्या वृद्धि गर्न आवश्यक व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणसँग समेत माग गरिएको छ । त्यसैगरी नेपाल भ्रमण गर्ने पर्यटकका लागि ई–भिसा इस्यु गर्ने प्रबन्ध मिलाउन व्यवसायीले सरकारसमक्ष माग गरेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया