Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘सफा हिमाल अभियान’का टोलीहरू आधार शिविरमा

‘सफा हिमाल अभियान’का टोलीहरू आधार शिविरमा


काठमाडौं । सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी चारवटा हिमालहरूको सफाइ गर्ने उद्देश्यका साथ नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान २०२२’ मा खटिएका टोलीहरू आ–आफ्नो आधार शिविरमा पुगेका छन् ।

नेपाली सेना तथा सेवा प्रदायकका टोलीहरू योजनाअनुसार आ–आफ्नो आधार शिविरमा पुगेका हुन् । सफाइ अभियानअन्तर्गत सगरमाथा/ल्होत्सेमा खटिएका टोली वैशाख १ गते, कञ्चनजंघामा खटिएका टोली वैशाख ८ गते र मनास्लुमा खटिएका टोली वैशाख ९ गते आधार शिविरमा पुगेको नेपाली सेनाले जनाएको छ । आधार शिविरमा पुगेका टोलीहरूले आफ्नो बन्दोबस्ती तथा मिलापको व्यवस्था गरेपश्चात् स्थानीय संस्कारअनुसारको पूजाआजा सम्पन्न गरेका छन् ।

बेस क्याम्प पुगेपछि उक्त टोलीहरूले फोहोर संकलन गर्ने कार्य पनि सुरु गरेको सेनाले जनाएको छ । हिमाल सफाइको कार्यमा खटिएका टोलीहरूले स्थानीय सरकार, सरोकारवाला संघसंस्थाहरू र स्थानीयवासीहरूसँगको आवश्यक समन्वय एवं सहकार्यमा फोहोर संकलन कार्य जेठ २२ गतेसम्म सञ्चालन गर्नेछन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x