साल्ट ट्रेडिङ : देशको समग्र किसानहरूको हित हुने तथा कृषि क्षेत्रमा टेवा
काठमाडौं । उर्मिला श्रेष्ठ, ‘हेम बहादुर मल्ल सम्मान–२०७६’ प्रदान गर्न आफ्नो अमूल्य समय दिई राष्ट्रपति भवनमा कार्यक्रम गर्न स्वीकृति दिनुभएकोमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष हार्दिक कृतज्ञता व्यक्त गर्दछु । कर्पोरेसनका तत्कालीन अध्यक्ष लक्ष्मीदास मानन्धरज्यूको गत २०७८ माघ छ गते असामयिक एवं दुःखद स्वर्गारोहण भएकोले कर्पोरेसनलाई क्षति पुगेको छ । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । नेपाल जनप्रशासन संघको पुरस्कार छनोट समितिमा लामो समय उहाँले अविस्मरणीय योगदान गर्नुभएको छ ।
यस सर्न्दभमा उहाँलाई स–सम्मान स्मरण गर्न चाहान्छु । साल्ट ट्रेडिङ कर्पोरेसनले लामो समयदेखि नेपाली जनतासँग सामिप्यता राखी गुणस्तरीय उत्पादन तथा नुन, चिनीलगायतका दैनिक उपभोगका आवश्यक खाद्यान्नहरू सुपथ मूल्यमा सर्वसुलभ उपलब्ध गराउँदै आएको सबैमा सर्वविदितै रहेको छ । बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना हुँदा नेपाल सरकारको निर्देशनअनुसार आफ्नो सेवा विस्तार गर्दै आम उपभोक्ताप्रतिको दायित्व निर्वाह गर्दै आएको छ । सुगमदेखि दुर्गम क्षेत्रसम्मको नेपालीलाई जनतालाई नुनजस्तो अत्यावश्यक वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन कर्पोरेसन निरन्तर क्रियाशील रहेको छ ।
सबै प्रदेशलाई लक्षित गरी आफ्नो कार्यक्षेत्र र सेवा विस्तार गर्ने नीति लिएको छ । देशको अर्थतन्त्रमा कृषिको महत्व अंगीकार गर्दै अनुदानित मलका अतिरिक्त आफ्नै तर्फबाट समेत गैरअनुदानित मल आयात बिक्रीवितरण गरिरहेका छौँ । जसले उत्पादन वृद्धिमा सहयोग पुग्नुका साथै कृषि उत्पादन वृद्धि गर्न ठोस योगदान पुग्ने अनुभव हामीले गरेका छौँ । यसबाट देशको समग्र किसानहरूको हित हुने तथा कृषि क्षेत्रमा टेवा पुग्नेछ भन्ने विश्वास लिएका छौँ । रासायनिक मलको अतिरिक्त गहुँको बीमा प्रशोधन गरी किसानसमक्ष पु-याएको छौँ ।
नेपाल भूकम्पीय जोखिमको देश भएको कारणले कर्पोरेसनले फ्युचर वर्क्स बिल्डिङ सोलुसन्स प्रालिमार्फत हेटौंडामा कारखाना स्थापना गरी एलजीएस प्रविधिबाट थानकोटको महादेवस्थानमा प्रि इन्जिनियरिङ हाउसको निर्माण गरेको छ । केही घरहरू निर्माणसम्पन्न गरिसकिएको छ र केही घरहरू निर्माणाधीन अवस्थामा रहेको छ । कुनै पनि समयमा यहाँहरूले स्थलगत अवलोकन गर्न सक्नुहुनेछ र यस्तो आधुनिक प्रविधिलाई बजारीकरण गर्न सबैमा आग्रह गर्दछुु ।
उत्पादन र वितरणको क्षेत्रमा नुन, चिनी, पिठो, चामल, तेल दाललगायतका अतिरिक्त ग्यास, कागज आदि वस्तुहरू कारोबार गरिरहेका छौँ । कोभिड १९ को महामारीको समयमा कर्पोरेसनले आम उपभोक्ताको सहुलियतको लागि कर्पोरेसनका विभिन्न बिक्रीकक्षहरू तथा घुम्ती सेवा सेवामार्फत घरदैलोमा उपभोग्य वस्तुहरू उपलव्ध गराएको सबैमा सर्वविदितै रहेको छ ।
देशमा आइपर्ने प्राकृतिक विपत्तिको समयमा कर्पोरेसनले अत्यावश्यक वस्तुको नियमित आपूर्तिमा सक्रिय भूमिका खेलेको कुरा उपस्थित सबैमा स्मरण गराउन चाहन्छु । भविष्यमा आम जनतासँग सरोकार राख्ने उपभोग्य वस्तुको उत्पादन र वितरणमा आफ्नो सेवा अझ विस्तार गर्ने लक्ष्य लिएको पनि जानकारी गराउन चाहन्छु ।
आदरणीय पूर्वव्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लको दूरदर्शिता, निरन्तरको प्रयास र कुशल व्यवस्थापनलाई आत्मसात् गर्दै साल्ट ट्रेडिङ कर्पोरेसनले सफलता हासिल गर्दै आएको छ । म उहाँको अविस्मरणीय योगदानलाई स–सम्मान स्मरण गर्न चाहन्छु । उहाँको सम्मानमा स्थापना गरिएको ‘हेम बहादुर मल्ल सम्मान–२०७६’ राज्यको उच्च ओहोदामा रही सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवि उच्च राख्न सफल सार्वजनिक क्षेत्रका महत्वपूर्ण योगदान पु-याउनुभएको र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान निर्माण गर्न उल्लेखनीय योगदान पु-याउने अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायज्यूलाई प्रदान गरिएकोमा उहाँप्रति हार्दिक ज्ञापन गर्दछु । योग्य व्यक्तिको छनोटलगायत समारोहको संयोजनको दायित्व लिएकोमा साल्ट ट्रेडिङ कर्पोरेसन परिवार नेपाल जनप्रशासन संघप्रति आभार व्यक्त गर्दछ । हेम बहादुर मल्ल सम्मानका अतिरिक्त बाल हितकारी पुरस्कार, चिकित्सा क्षेत्रमा विद्यार्थीहरूलाई अध्ययनको अवसरलगायतका सामाजिक कार्यलाई निरन्तरता दिँदै आएको छ भने भविष्यमा सामाजिक उत्तरदायित्वमा अझै थप योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
अन्त्यमा हेम मल्ल सम्मान २०७६ द्वारा सम्मानित हुनुभएका व्यक्तित्व श्री सूर्यनाथ उपाध्यलाई पुनः हार्दिक बधाई ज्ञापन गर्दै उहाँको सु–स्वास्थ, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु । विगतमा झैँ भविष्यमा पनि साल्ट ट्रेडिङ कर्पोरेसनको समृद्धिमा यहाँहरूबाट अझ बढी स्नेह, सद्भावना र सहयोगको अपेक्षा गर्दछुु । (साल्ट ट्रेडिङ कर्पोरेसनको प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको मन्तव्यमा आधारित)
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया