दोलखामा एक हजार चार सय २३ जनाको मनोनयन दर्ता
दोलखा । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि दोलखामा एक हजार चार सय २३ जनाको मनोनयन दर्ता भएको छ । जिल्लाका ९ स्थानीय तहको निर्वाचनको लागि विभिन्न पदमा उक्त संख्यामा मनोनयन दर्ता भएको हो ।
जिल्लामा सबैभन्दा बढी उम्मेदवारी वडा अध्यक्ष पदमा परेको छ । ७४ वटा वडा रहेको दोलखामा तीन सय सय ७७ जनाले उम्मेदवारी दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । त्यस्तै नौ वडा पालिकामा पालिका प्रमुखका लागि ७७ जनाले मनोनयन दर्ता गरेका छन् भने उपाध्यक्ष पदमा ४० जनाले उम्मेदवारी दर्ता गरेका छन् । कार्यलयका अनुसार खुलातर्फको वडा सदस्यमा चार सय ९० जनाको मनोनयन दर्ता भएको छ । महिला सदस्यमा दुई सय ३० र दलित महिला सदस्यमा दुई सय नौ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाका नौ स्थानीय तहमध्ये पालिकाप्रमुखका लागि सबैभन्दा बढी उम्मेदवारी विगु गाउँपालिकामा परेको छ । यहाँ पालिकाप्रमुखको लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै प्रमुखमा मेलुङ गाउँपालिकामा ११ जना, कालिञ्चोक गाउँपालिकामा १० जना, भीमेश्वर नगरपालिकामा नौ जना, बैतेश्वर गाउँपालिकामा नौ जनाले उम्मेदवारी दिएका छन् ।
यसैगरी जिरी नगरपालिकामा चार जना, शैलुङ गाउँपालिकामा आठ जना, तामाकोसी गाउँपालिकामा छ जना र गौरीशंकर गाउँपालिकामा आठ जनाको पालिकाप्रमुखमा उम्मेदवारी मनोनयन दर्ता भएको छ । पालिका उपाध्यक्षमा भने सबैभन्दा बढी भीमेश्वर र मेलुङमा छ/छ जनाले मनोनयन दर्ता गरेका छन् । यस्तै शैलुङ, बैतेश्वर र जिरीमा पाँच/पाँच जनाले उम्मेदवारी दर्ता गरेका छन् भने उपाध्यक्षमा तामाकोसी गाउँपालिका चार र कालिञ्चोक र गौरीशंकरमा तीन/तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया