स्कोडा नेपालले ल्यायो नयाँ योजना
काठमाडौं । नेपालको लागि स्कोडाको आधिकारिक आयातकर्ता एमएडब्लु इन्टरप्राइजेज प्रालिले नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘कम्प्लिट पिस अफ माइन्ड विथ युरोपियन अस्योरेन्स’ नामक नयाँ योजना घोषणा गरेको हो ।
यस योजनामा ग्राहकहरूले १० लाख रुपैयाँको डाउन पेमेन्टमा स्कोडा कुशकको स्वामित्व लिन सक्नेछन् । साथै गाडीको दुई वर्षको निःशुल्क आवधिक सर्भिसिङ समेत पाउनेछन् । एमएडब्लु इन्टरप्राइजेजका कार्यकारी निर्देशक रौनक अग्रवालका अनुसार नयाँ योजना सबै ग्राहकहरूलाई विशेष गरी एसयूभी खण्डहरूमा प्रवेश गर्न चाहनेहरूलाई फाइदा पुग्ने गरी डिजाइन गरिएको हो । यस योजनामा स्कोडा कुशकलाई सात वर्षको लागि ७० प्रतिशत ऋणमा वित्त पोषण गर्न सकिन्छ । यस्तै ग्राहकले आफ्नो पुरानो कार स्कोडा कुशकको लागि ठाउँको ठाउँमै साट्न सक्नेछन्, जसलाई डाउन पेमेन्ट मानिनेछ । यसैगरी ग्राहकले स्कोडा कुशकसँग निःशुल्क एक्सेसरिज पनि पाउनेछन् ।
स्कोडा कुशक नेपालमा तीन फरक भेरियन्ट एक्टिभ, एम्बिसन र स्टाइलमा उपलब्ध रहेको छ । यसमा अवार्ड–विजेता नयाँ टीएसआई प्रविधिसहितको १.० लिटर इन्जिन छ, जसले ११५ पीएस र १७८ एनएम टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार स्कोडा गाडीहरू निर्माण गुणस्तर, ड्राइभिङको आनन्द, आराम, सुरक्षा र प्रदर्शनका लागि परिचित छन् । चेक गाडी निर्माताका यी पक्षहरूलाई नेपाली बजारले मन पराएको छ, यी सबै पक्षहरूले स्कोडा कुशकलाई देशकै सबैभन्दा प्रिय गाडीहरूमध्ये एक बनाएको कम्पनीको दाबी छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया