Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकतार एयरवेज क्यूभर्स सार्वजनिक गर्दै मेटाभर्समा प्रवेश

कतार एयरवेज क्यूभर्स सार्वजनिक गर्दै मेटाभर्समा प्रवेश


काठमाडौं । कतार एयरवेजले क्यूभर्स सार्वजनिक गर्दै मेटाभर्समा प्रवेश गरेको छ । मेटाभर्स एयरलाइन्सको वेबसाइट भिजिट गर्नेहरुका लागि नौलो भर्चुअल रियालिटी (भीआर) अनुभव हो ।

एयरलाइनको वेबसाइटको माध्यमबाट आफ्नै निजी विद्युतीय उपकरण (पीईडी)मार्फत प्रयोगकर्ताले अब हमाद इन्टरनेशनल एयरपोर्ट (एचआईए)को प्रिमियम चेक इन क्षेत्र, एयरलाइन्सको विमानभित्रको क्याबिन इन्टेरियर तथा इकोनोमी क्लास क्याबिनको भर्चुअल यात्रा तथा अवलोकन गर्न सक्नेछन् । कतार राज्यको राष्ट्रिय क्यारियर, मेटाह्यूमन क्याबिन क्रु, डिजिटल अन्तरक्रियात्मक यात्रु अनुभव प्रदान पहिलो ग्लोबल एयरलाइन हो ।

‘भौतिक सिमानालाई मेटाभर्सले बृहत् मात्रामा चुनौती दिन सुरु गरिरहेको अवस्थामा यात्राका पारखीहरुका लागि हाम्रा अवार्ड विजेता उत्पादन तथा सेवाहरुको अभूतपूर्व पृथक् अनुभव पस्कन प्रविधि अपनाउन पाउदा हामी निकै उत्साहित छौँ’, कतार एयरवेजका गु्रप चिफ एक्जेक्युटिभ, महामहिम अकबर अल बाकरले भने, ‘मेटाभर्स मेटाह्यूमन क्याबिन क्रु अवलम्बन गर्ने पहिलो एयरलाइन्सका रुपमा उपभोक्ताका लागि नवप्रवर्तनात्मक अभूतपूर्व अनुभव पस्किने हाम्रो चाहनाको प्रमाण पनि हो । हामी नवीन प्रविधिहरुका साथमा आफ्ना यात्रुहरुको यात्रा सुमधुर बनाउँदै समग्र सन्तुष्टिको यात्रा प्रदान गर्न निरन्तर प्रयासरत छौँ ।’

यो अनुभवको विकास इपिक गेम्सको अनरियल इन्जिन, विश्वकै सर्वाधिक उन्नत रियल–टाइम थ्रीडी क्रिएसन टूल र मेटाह्यूमन क्रिएटर, डिजिटल मानव निर्माणका लागि उच्च क्षमतासहितको एक क्लाउडमा आधारित एपको प्रयोगमार्फत गरिएको हो । डिजिटल माध्यमबाट निर्मित ‘सामा’ नाम गरेको थ्रीडी मानव मोडल फिचर गरिएको मेटाह्यूमन क्याबिन क्रुको प्रयोग गर्ने कतार एयरवेज नै पहिलो ग्लोबल एयरलाइन्स हो । अरेबिक भाषामा सामाको अर्थ आकाश हो । यसले प्रयोगकर्तालाई बिजनेस तथा इकोनोमी क्लास क्याबिन दुवैका लागि खोजीमा आधारित भर्चुअल यात्रा गराउँदै वर्णित लिपिका माध्यमबाट विभिन्न क्रियाकलापमार्फत अन्तर्क्रियात्मक यात्रु अनुभव प्रदान गर्छ ।

विभिन्न अवार्डद्वारा सम्मानित, कतार एयरवेजलाई अन्तर्राष्ट्रिय हवाइ यातायात रेटिङ संगठन, स्काइट्रयाक्सले वर्ल्ड बेष्ट बिजनेस क्लास, वर्ल्ड बेष्ट बिजनेस क्लास एयरलाइन लाउन्ज, वर्ल्ड बेष्ट बिजनेस क्लास एयरलाइन सिट, वर्ल्ड बेष्ट बिजनेस क्लास अनबोर्ड क्याटरिङ र वर्ल्ड बेष्ट बिजनेस क्लासब बेष्ट एयरलाइन इन मिडल इस्टलगायत विभिन्न पाँच अन्य उपाधिका साथमा ‘एयरलाइन्स अफ दि इयर’ घोषित गरेको थियो ।

एयरलाइन्सले निरन्तर छैठौँ पटक (२०११, २०१२, २०१५, २०१७, २०१९ र २०२१) यो उपाधि हात पार्दै एयरलाइन्स उद्योगकै शीर्षस्थानमा आफ्नो वर्चस्वलाई निरन्तरता दिन सफल छ । एयरलाइन्सको हब, हमाड इन्टरनेशनल एयरपोर्ट (एचआईए)लाई पनि स्काई ट्रयाक्स वर्ल्ड एयरपोर्ट अवार्ड २०२१मा केही समयअगाडि मात्रै ‘बेष्ट एयरपोर्ट इन दि वर्ल्ड २०२१’ उपाधिद्वारा सम्मानित गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x