उद्योग वाणिज्य संघ दैलेखको १६ बुँदे माग
दैलेख । दैलेख उद्योग वाणिज्य संघ दैलेखले कर्णाली प्रदेशका मुख्यमन्त्री जिवनबहादूर शाहीलाई बिभिन्न १६ बुदेँ माग राखी ज्ञापनपत्र बुझाएको छ । बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री जिवनबहादूर शाहीलाई भेटी संघका अध्यक्ष कुलबहादूर विकको नेतृत्वको टोलीले मागपत्र बुझाएको हो ।
संघले दैलेख जिल्ला एैतिहासिक, पुरातात्वीक, धार्मीक र प्राकृतिक रुपमा धनी जिल्ला रहँदा रहँदै पनि यहाँ न्युन बजेट बिनीयोजन हुनु, प्रदेश र केन्द्र सरकारको खासै चासो नरहनुले यहाँ विकासमा पछि परेको उल्लेख गरेको छ । मुख्यमन्त्री शाहीलाई हस्तान्तरण गरिएको मागपत्रमा दैलेख जिल्लाका सबै क्षेत्रहरुमा चक्लाबन्दी, ठुला तथा मझौला सिञ्चाई योजनाहरु, हरेक पालिकामा एउटा संकलन केन्द्र, हाटबजार स्थल निर्माण तथा सञ्चालन गर्नका लागी आवश्यक बजेट सहितका कार्यक्रमहरुको माग गरिएको छ ।
यस्तै दैलेख सुर्खेत सडक खण्डलाई कृर्षी तथा पर्यटकिय सडक घोषणा गरि स्तरउन्नती, दैलेखका ११ वटै स्थानिय तहहरुमा हाटबजार संचालन र कृर्षी उपज संकलन केन्द्रका लागि आवश्यक बजेट बिनीयोजनको गर्न माग गरिएको छ । औद्योगिक लगानी बर्ष (२०७९/८१) को आयोजनाका गर्नका लागि २०७९ मंसिरमा दैलेख सदरमुकाममा प्रदेशस्तरिय महोत्सव आयोजना गर्ने निर्णय भएकाले त्यसका लागी बजेट बिनीयोजन गर्न समेत संघले आग्रह गरेको छ ।
जिल्लामा विमानस्थल निर्माणका लागी आवश्यक पहल गर्न तथा पंचकोशी विकास बोर्ड गठन गर्न माग गरिएको छ । यस्तै दैलेख जडिबुटीको हव भएकाले जडिबुटी प्रशोधन केन्द्रका साथै हाते कागज, अल्लो प्रसोधन केन्द्र स्थापना गर्नका लागि सह–लगानिका लागि आवश्यक बजेट बिनीयोजनको माग गरिएको छ । बाँकेको जमुनाहा, सुर्खेत, दैलेख सदरमुकाम, महावू हुदै हिल्सा जोड्ने सडकका लागी आवश्यक बजेट तथा दैलेखको श्रीस्थान क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको उत्खनन गर्नका लागि हाल कार्य स्थगित भएकाले संघिय सरकारसंग पहल गरिदिन पनि आग्रह गरिएको छ ।
संघ अध्यक्ष बिकले जिल्लामा बिद्यतीकरण, सदरमुकाममा आधुनिक सुबिधा सम्पन्न सिटी हल निर्माणका लागि आवश्यक बजेट, लघू, उद्यमी र व्यवसायिहरुका लागि नविकरणमा लाग्ने शुल्कमा छुट, राकम कर्णालिमा औद्योगिक ग्राम स्थापना र संचालन, राईलि र नौमुलेको द्धारी झरनालाई पर्यटकिय स्थल निर्माणका लागि आवश्यक बजेट बिनियोजन लगाएतका मागहरुसहितको मागपत्र हस्तान्तरण गरिएको जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया