विद्युत् आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न महासंघको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विद्युत् आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न आग्रह गरेको छ । औद्योगिक क्षेत्रमा चर्को लोडसेडिङले पछिल्ला दिनमा उद्योगहरू गम्भीर संकटमा पर्न थालेको महासंघको भनाइ छ ।
महासंघका अनुसार मुलुकका प्रमुख औद्योगिक करिडोरहरूका सयौँ उद्योगहरू दैनिकविना कुनै पूर्वसूचना १२ देखि १६ घण्टासम्मको चर्को लोडसेडिङले थला पर्ने अवस्थामा पुगेका छन् । यसले उद्योगहरूमा ठूलो आर्थिक नोक्सानी, उत्पादकत्वमा प्रतिकूल असर पर्नुका साथै मुलुकको अर्थतन्त्रमै गम्भीर संकट आउनेतर्फ निजी क्षेत्र चिन्तित भएको महासंघले जनाएको छ । चर्को लोडसेडिङले अब उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएको तर्फ ध्यानाकर्षण गराउँदै महासंघले शनिबार एक विज्ञप्ति जारी गरी अविलम्ब समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।
लामो समय विद्युत् कटौती, ट्रिप्लिङ, लो भोल्टेजलगायतका समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, अपर्झट विद्युत् आपूर्ति बन्द हुँदा करोडौँ पर्ने मेसिनहरूमा क्षति पुग्ने, उद्योग सञ्चालन नहुँदा कामदार कर्मचारीको तलब ज्याला, उत्पादन कटौती हुँदा सामान डेलिभरि, उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर जाने, बैंकको चर्को ब्याज र साँवा भुक्तानीलगायतमा गम्भीर समस्या पर्न गएको तर्फ महासंघले सरकार र नेपाल विद्युत् प्राधिकरणको गम्भीर ध्यानाकर्षण गराएको छ । प्राधिकरणले जुनसुकै मूल्यमा पनि विद्युत् खरिद गरी औद्योगिक क्षेत्रमा ऊर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने भनी विगतमा पटक–पटक गरेको प्रतिबद्धतालाई महासंघले स्मरण गराएको छ । एकातर्फ प्राधिकरणले नै विद्युत् खपत बढाउन आग्रह गर्ने र अर्कोतर्फ विनासूचना घण्टौँ विद्युत् आपूर्ति अवरुद्ध पार्नुले थप चिन्ता प्रकट गरेको महासंघको भनाइ छ ।
उत्पादन लागत निरन्तर बढिरहेको अहिलेको अवस्थामा पुनः चर्को लोडसेडिङको समस्याले मुलुकको निर्यातमा गम्भीर धक्का लाग्ने र यसले समग्रमा मुलुकको सोधनान्तर घाटालाई थप फराकिलो बनाउने महासंघले जनाएको छ । महासंघका अनुसार विद्युत्को नियमित आपूर्ति हुन नसक्ने हो भने आर्थिक वृद्धिको प्रक्षेपणमा धक्का लाग्ने, उद्योगहरूको प्रतिस्पर्धी क्षमता गुुम्न गई समग्रमा निर्यात नै प्रभावित हुनेछ । विद्युत् ऊर्जाको विकल्पमा जेनेरेटर प्लान्टबाट उद्योग सञ्चालन गर्दा उच्च लागत पर्ने र अहिले इन्धनको बढ्दो लागतका कारण त्यो सम्भव नरहेको र त्यसरी उत्पादन गरेका वस्तु आपूर्ति गर्दा बजारमा सिर्जना हुने मूल्यवृद्धिले आम जनजीवन थप कष्टकर हुने महासंघको विश्लेषण छ ।
विद्युत् आपूर्तिको समस्याको तत्काल समाधानका लागि कूटनीतिक माध्यमबाट भारतसँग छलफल गरी नेपाललाई दिँदै आएको बिजुली नियमित आपूर्ति गर्नेतर्फ अविलम्ब पहल गर्न महासंघले आग्रह गरेको छ । त्यस्तै उद्योगहरूमा विद्युत् कटौती हुने तालिका सार्वजनिक गर्न र बिजुली दिन्छु भनेको समयमा निर्बाध विद्युत् आपूर्तिको सुनिश्चिता दिलाउन पनि महासंघको जोड छ । यसैगरी निजी क्षेत्रका ऊर्जा उत्पादकहरूसँग थप ऊर्जा उत्पादन गर्नसक्ने क्षमता भएकाले प्राधिकरणले तत्काल छलफल गरी समाधानको उपाय निकाल्नुपर्ने, विद्युत् खरिद सम्झौता (पीपीए) तत्काल खोल्न र आयातित विद्युत्को गुणस्तरमा ध्यान दिनुुपर्नेतर्फ पनि महासंघले जोड दिएको छ । चौतर्फी संकटमा रहेका उद्योगहरूले पछिल्लो पटक भोग्नुपरेको ऊर्जा समस्या समाधानमा सरकारलाई गम्भीर हुन आग्रह गर्दै समस्या समाधान नभएमा जुनसुकै समय उद्योगहरू बन्द गर्नुपर्ने बाध्यता आउनेतर्फ महासंघले सचेत समेत गराएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया