Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबिजबजारको ‘२० मा बिज’ योजना

बिजबजारको ‘२० मा बिज’ योजना


काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले मंगलबारदेखि प्रत्येक महिनाको २० गते ‘२० मा बिज’ नामक योजना सञ्चालन गर्ने भएको छ । नेपालका साना तथा मझौला उद्यमहरूलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारासहित सञ्चालनमा रहेको बिजबजारले नयाँ नयाँ योजना सार्वजनिक गर्दै आइरहेको छ ।

‘२० मा बिज’ नामक योजनामा सेवाग्राहीहरूले प्रत्येक महिनाको २० गते बिजबजारबाट सामान खरिद गर्दा कम्पनीले तोकेका विभिन्न प्रकारका सामानहरूमा मात्र न्यूनतम २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रत्येक महिनाको २० गतेका दिन सामान खरिद गर्नेमध्ये लक्की ड्रमार्फत छनोट भएका २० जना भाग्यशाली सेवाग्राहीहरूले विभिन्न २० प्रकारका उपहारहरू (१ उपहार प्रतिसेवाग्राही) प्राप्त गर्नेछन् । त्यसै गरी सो योजनाअन्तर्गत प्रत्येक महिनाको २० गते बेलुका ८ बजेदेखि ८ बजेर २० मिनेटसम्म (२० मिनेट) भारी छुटसहितका रहस्यमय सामानहरूको फ्ल्यास सेल पनि सञ्चालन हुनेछ ।

साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो योजना प्रभावकारी हुने कम्पनीले विश्वास गरेको छ । साथै २०७९ वैशाख ३१ सम्म सेवाग्राहीहरूलाई बिजबजारले सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट समेत प्रदान गरिरहेको छ । यस्तै कम्पनीले मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनलाई लक्षित गरेर गजबको डिस्काउन्ट अफर ल्याएको थियो । बिजबजारले आमाहरूका लागि उपहार किन्दा भारी छुट उपलब्ध गराउने पुनीत मनसायले उक्त अफर ल्याएको हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x