भृकुटीमण्डपमा जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जुत्ता चप्पल व्यापार प्रवर्द्धन मेला २०७९ चलिरहेको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा मेला सुरु भएको हो । उद्योग मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले बिहीबार मेलाको उद्घाटन गरेका थिए । पोखरेलले उद्योग र उपभोक्तासँग प्रत्यक्ष जोडिन मेला सफल हुने बताए । स्वदेशी उत्पादनलाई गुणस्तरीय र उपभोक्तामुखी बनाउनुपर्ने उनको भनाइ छ ।
एसोसिएसनका अध्यक्ष नानीराज घिमिरेले स्वदेशी ब्राण्डको प्रवर्द्धन गर्न राज्यले भूमिका खेल्नुपर्ने बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दीनेश श्रेष्ठ, चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्र श्रेष्ठ, एसोसिएसनका पूर्वअध्यक्ष भीमलाल पौड्याल, होमनाथ उपाध्याय, प्रथम उपाध्यक्ष चोककुमार श्रेष्ठ, महासचिव ज्ञानेन्द्र दाहाललगायतले आफ्ना धाराण राखेका थिए । मेला जेठ ८ सम्म सञ्चालन हुने उपाध्यक्ष एवं मेलाका संयोजक सुरज बन्जाडेले जानकारी दिए ।
एक्स्पोमा स्वदेशी २२ कम्पनीका करिब सयवटा स्टल छन् । मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । एक्स्पोमा नेपालमा चर्चित सबै ब्राण्डको सहभागिता रहने उनले बताए । बेस ग्लोबल प्रालि, बेस फुटवेयर इण्डस्ट्रिज, शिखर शुज इन्डस्ट्रिज, कोशेली छाला जुत्ता उद्योग, लालीगुराँस फुटवेयर, रोयल फुटवेयर इण्डस्ट्रिज, शुभकामाना फुटवेयर प्रोडक्ट नेपाल, पवित्र शुज इण्डस्ट्रिज, रन शुज इण्डस्ट्रिज कम्पनीको सहभागिता छ । त्यस्तै स्मार्ट सुज, वान ओर्ल्ड फुटवेयर । सुरभी पोलिमर्स, सम्राट शुज, नमस्ते फुटवेयर, ओएसिस फुटवेयर, किरण शुज म्यानुफ्याक्चर्स, बोस सुज, फुटस्टेप सुज र नियासा सुजको उपस्थिति छ ।
फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले आयोजना गरेको मेला यस पटक उपभोक्ताको बढी आकर्षण हुने अपेक्षा गरिएको छ । एसोसिएसनले अघिल्ला वर्षहरुमा पनि यस्तो मेला आयोजना गर्दै आएको थियो । एसोसिएसनका उपाध्यक्ष रुद्र न्यौपानेले सीमापारिबाट अनधिकृतरुपमा आउण्ने जुत्ता चप्पलले ठूलो लगानी गरेका स्वदेशी लगानीकर्ताको लगानी जोखिममा परेको, राज्यलाई करोडौँ रुपैयाँ राजस्व नोक्सानी भएको, रोजगारीको अवसर गुमेको तर त्यसको फाइदा तस्करहरुलाई भइरहेको बताए । उनले भने, ‘साना ठूला तस्कर यसमा सहभागी छन् । यसले नेपाली जुत्ता चप्पललाई नकारात्मक असर पारिरहेको छ । हालसम्म हामीले एक पटकमा एक करोड जोर जुत्ता चप्पलबाहिर पठाउन सफल भएका छौँ । अहिले विकसित मुलुकबाट नेपालमा उत्पादन भएका जुत्ताको माग बढ्ने क्रममा छ । तर माग भएअनुसार हामीले निर्यात भने गर्न सकेका छैनौँ । अब सरकारले मागअनुसारको जुत्ता चप्पल पठाउन पनि व्यवसायीलाई सहजीकरण गरिदिनुपर्छ ।’
न्यौपानेले चौरी पैठारीको भन्सार मूल्य नलाग्ने र त्यस्ता जुत्ता चप्पल सस्तो हुने भएकाले सरकारले भन्सारमा कडाइ गरेर नेपाल बाहिरबाट चोरी पैठारीमा आउने जुत्ताहरुको आयात रोक्नुपर्ने बताउँदै चोरीको सामानभन्दा कसैले मिहिनेत गरेर उत्पादन गरेको स्वदेशी ब्राण्ड जोगाउन सरकार पनि लाग्नुपर्ने धारणा राखे । मेलामा भारी छुटमा उपभोक्ताले जुत्ता चप्पल खरिद गर्न सक्नेछन् । १० देखि ५० प्रतिशतसम्म छुट प्रदान हुनेछ । राजधानी काठमाडौंमा एसोसिएसनले छ महिनापछि बृहत् खालको मेला आयोजना भएको हो । आन्तरिक उत्पादनलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित मेला आयोजना गरिएको एसोसिएसनले जनाएको छ । एसोसिएसनले अबदेखि वर्षमा दुई पटक मात्रै यस प्रकारको मेला आयोजना गर्ने र अर्को मेला आगामी मंसिरमा मात्रै हुने अध्यक्ष घिमिरेले जानकारी दिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया