Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकाठमाडौं फोहोर संकलन दौडमा कुमारी जबको सहकार्य

काठमाडौं फोहोर संकलन दौडमा कुमारी जबको सहकार्य


काठमाडौं । काठमाडौं ट्रयास कलेक्सन रेस (फोहोर संकलन दौड) २०२२ सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यमा मैनादेवी फाउन्डेसनसँग कुमारी जबले करिअर पार्ट्नरको रुपमा हातेमालो गरेको थियो ।

मैनादेवी फाउन्डेसनले आयोजना गरेको उक्त रेसमा चार सयभन्दा बढी युवाहरुको उत्साहजनक उपस्थिति रहेको थियो । उक्त रेस हात्तीसार चोकबाट सुरु भएर सिटी सेन्टर, रातोपुल, सेतोपुल, पुतलीसडक हुँदै पुनः हात्तीसार पुगेर समापन भएको थियोे । दौडिँदै सबैभन्दा धेरै फोहोर संकलन गर्न सफल प्रत्येक पाँचवटा टिमलाई नगद १० हजार रुपैयाँ पुरस्कार र पदक प्रदान गरिएको थियो । दौडमा टिम कफीबाट रामचन्द्र कुमाल र विवेक पोख्रेल, टिम इम्पेरियल बोइजबाट लक्ष्मण गिरी र विश्वामित्र थारु, टिम खवटबाट प्रेमप्रकाश खड्का र जश्विन भाट, टिम पिसफुल डोभबाट सविन राई र निमा रुम्बा तथा टिम द रेभुल्युसनबाट विनोद जेठारा र शंकर रोकाया विजयी भएका थिए । यसको साथै कुमारी जबले अन्य मनोरञ्जात्मक कार्यक्रमहरु पनि गरेको थियो, जसको विजेतालाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको कुमारी जबले जनाएको छ । विजेताहरुको घोषणा कुमारी जबको आधिकारिक फेसबुक पेज र इन्स्टाग्राममार्फत केही दिनपछि गरिने कम्पनीले जनाएको छ ।

कार्यक्रममा प्रसिद्ध क्रिकेटर एवम् नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का, पूर्वएआईजी सर्वेन्द्र खनाल, गायिका रेखा जोशी, कार्टुन्ज क्रुलगायतको उपस्थिति थियो । रेसमा एक हजार किलोभन्दा बढी फोहोर संकलन गरिएको आयोजकले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x