Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलिटमस केबलद्वारा नेपाली क्रिकेट टोलीको जर्सी प्रायोजन

लिटमस केबलद्वारा नेपाली क्रिकेट टोलीको जर्सी प्रायोजन


काठमाडौं । नेपालको अग्रणी केबल ब्राण्ड लिट्मस केबलले त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा भइरहेको नेपाल र जिम्बावे (ए) बीचको द्विपक्षीय एकदिवसीय र टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजन गरेको छ ।

सिरिजको तालिकाअनुसार नेपालले ३० अप्रिल, २ मे र ४ मेमा ३ वटा एकदिवसीय खेल खेल्नेछ भने तीनवटा टी–२० खेल ६, ७ र ९ मेमा खेल्नेछ । रमेश कर्पोरेसनका अध्यक्ष तथा प्रबन्धनिर्देशक रोहित गुप्ताले राष्ट्रिय टिमसँग सहकार्य गर्न पाउँदा गौरवान्वित भएको बताए । सन् १९७७ मा स्थापना भएको लुम्बिनी विद्युत् उद्योग प्रा. लिमिटेड नेपालको पहिलो एल्युमिनियम कन्डक्टर स्टिल रिइन्फोस्र्ड उत्पादन कम्पनी हो ।

यस कम्पनीले चार दशकदेखि अत्याधुनिक जर्मन प्रविधि र पूर्वाधारहरू प्रयोग गरी लिटमस केबल्स ब्रान्डअन्तर्गत उच्च गुणस्तरीय तार र केबलहरू उत्पादन गर्दै आएको छ । लुम्बिनी विद्युत् उद्योग प्रालि नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक एवं व्यापारिक समूहमध्ये एक रमेश कर्पको भगिनी संस्थाका रुपमा रहँदै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x