Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकोरोनाको चौथो लहर द्विविधात्मक सूचना

कोरोनाको चौथो लहर द्विविधात्मक सूचना


काठमाडौँ।कोभिडका बिरामीहरूको संख्यामा उल्लेखनीय कमी देखिँदा पनि चीन, ब्रिटेन हङकङ, दक्षिण कोरियाजस्ता विश्वका केही देशहरूमा ओमिक्रोनको उपउपभेद बीए २ को संक्रमण जसरी बढदो छ, त्यसले हामीकहाँ चिन्ता बढेको छ । यद्यपि दशभरिमा कोरोनाको असर निरन्तर कम हुँदै छ तर पनि सतर्कता जारी राख्नुपर्ने हुन्छ । किनकि यसको गणित मोडेलबाट भविष्यवाणी गर्नेहरूको भनाइमा कि यसको गणित मोडेलबाट भविष्यवाणी गर्नेहरूको भनाइमा चौथो लहर कुनै पनि बेला आउन सक्छ ।

कतिपय ठूला सहरहरूमा गरिएको प्रतिबन्ध पनि जिम्मेवार छ केही स्रोतहरूको भनाइमा लहर त आउला तर ज्यानमारा न होला अर्कोतिर सरकारहरू एवं समाजको एउटा वर्ग यो कुरा स्थापित गर्न उद्यत छन् कि कोभिड–१९ महामारी सकिसक्यो अब कुनै लहर आउनेवाला छैन तर द्विविधाको कुरा यो छ कि चौथो लहरको बारेमा विभिन्न स्रोतहरूबाट प्राप्त हुने सूचनाहरू तेस्रो लहरभन्दा पहिले आउने गरेको सूचनाहरूजस्तै विरोधाभासपूर्ण छन् । यस कारण पनि यसबाट भ्रम उत्पन्न हुँदैछ ।

विज्ञहरूका अनुसार चौथो लहरको कुनै आशंका छैन । तिनीहरूका अनुसार लहर त्यसलाई भनिन्छ जब संक्रमण तेजले माथि जाओस् अनि तल झरोस् । यदि जुन, जुलाईसम्म बिरामी बढयो भने पनि त्यति धेरै नहोला कि लहर सिर्जना गरोस् । साथै संक्रमित गराउने विषाणु पनि यति कमजोर हुनेछ कि यसको असर तेस्रो लहरको दाँजोमा १० प्रतिशत पनि नहोला । सबै विषाणु वैज्ञानिक एवं चिकित्सक एकमत छन् भन्ने पनि होइन । कोभिड–१९ को चौथो लहरको भविष्यवाणी गर्ने कुनै वैज्ञानिक कारण छैन ।

महामारीविद्हरूका विचारमा हजारभन्दा बढी उत्परिवर्तनहरू भइसक्यो एवं आउँदा दिनमा पनि होलान् यो निश्चित छ कि यो नयाँ उत्परिवर्तन चौथो लहरको कारण बन्न सक्तछ । केहीको भनाइमा यति ढुक्क भई केही भन्न गाह्रो छ । हामीले केही समय पर्खनु पर्नेछ । प्रश्न यो छ कि जब खोपको प्रतिरोधक क्षमता बारेमा यो पक्का हुँदैन कि यसको असर वर्षभरि टिक्छ कि टिक्दैन यो कुरा ढुक्क भएर कसरी भन्न सकिन्छ ? पहिलो, दोस्रो डोज खोप लगाएपछि पनि मानिसहरूलाई कोरोनाको संक्रमण भएको छ ।

खोप लगाएपछि पनि संक्रमण हुन सक्छ । तर यो घातक हुँदैन भनिएको भए पनि ज्यान गएका छन् । यस्तोमा यो निश्चित छ जुनसम्ममा धेरैको खोपजनित सुरक्षा खतम भइसक्नेछ । संक्रमणबाट प्राप्त भएको इम्युनिटी व्यक्तिमा आधारित हुन्छ । बुस्टर डोजप्रति सरकार धेरै उत्साहित देखिँदैन, सबैलाई लाउँदै एवं जसका लागि यो प्रस्तावित थियो, तिनको पनि संख्या पूरा भएको छैन ।

यसरी हेर्दा एउटा ठूलो जनसंख्या समय बित्दै गर्दा असुरक्षित हुनेछ । अहिले धेरैले सार्वजनिक सुरक्षा मापदण्डलाई बेवास्ता गर्न थालेको छन् । यस्तोमा हामीले बुझनुपर्छ लहर त थामियो तर कोरोना निर्मूल भएको छैन । प्रतिबन्ध हटाएपछि अब सरकारीस्तरमा सचेतना बढाउनका साथै भ्रम चिर्ने विज्ञानसम्मत अभियान चलाएर नागरिकलाई यथार्थ वस्तुस्थिति अवगत गराउनुपर्ने हुन्छ ।

र अन्त्यमा
टरेको छैन कोरोनाको प्रेसर
साबुनपानीले हात धोई स्यानिटाइजर लगाई
निष्क्रिय पारौँ कोरोनाको प्रहार
लगाऔँ मास्क राखौँ दुई गज सामाजिक दूरी
खोप पनि छ है जरुरी


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x