भिभो भी२३ईको मूल्य घट्यो
काठमाडौँ । स्मार्टफोन ब्राण्ड भिभोले भिभो भी२३ई को मूल्य घटाएको घोषणा गरेको छ । यो भी सिरिजको सबैभन्दा लोकप्रिय स्मार्टफोनमध्ये एक हो । भी२३ई को ८+१२८जीबी संस्करण अब आधिकारिक रूपमा ४१ हजार नौ सय ९९ रुपैयाँ र ८+२५६ जीबी संस्करण ४६ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध छन् । यी दुवै संस्करणमा तीन हजार रुपैयाँले मूल्य घटेको छ । नयाँ मूल्य मे १ देखि नै देशभरका सबै रिटेल स्टोर र इ–कमर्स वेबसाइटहरूमा लागू भएको कम्पनीले जनाएको छ ।
भिभो नेपालका सीईओ माइकलले प्रयोगकर्ताहरूको आवश्यकताहरू पूरा गर्न कम्पनी लागिपरेको बताए । यो मूल्य घटेको घोषणासँगै कम्पनीले नेपालको ग्राहकहरूका लागि आफ्नो प्रतिबद्धता पूरा गर्न सक्षम हुने आशा गरेको बताए । भी२३ई उद्योगको अग्रणी फ्रन्ट क्यामेरा र नवीन प्रविधिहरूको साथ डिजाइन गरिएको छ । हालै बजारमा सार्वजनिक गरिएको भी२३ई मा ५०एमपी अटोफोकस सेल्फी पोट्र्रेट छ ।
यो स्मार्टफोनमा नवीन प्रविधि, अटोफोकस र एआई एक्सट्रिम नाइट पोट्र्रेट, मल्टी स्टाइल पोट्र्रेट लगायत विभिन्न पोट्र्रेट मोडहरु रहेका छन् । भी२३ई को रियर क्यामेरामा ६४एमपी नाइट क्यामेरा, ८एमपी सुपर वाइड–एंगल क्यामेरा र २एमपी म्याक्रो क्यामेराको ट्रिपल क्यामेरा सेटअप छ । सुपर नाइट मोडको साथ क्यामेराले कम प्रकाश अवस्थाहरूमा एआई मल्टिपल फ्रेमहरूको मद्दतले ब्राइटनेस र अँध्यारोलाई सन्तुलनमा राख्दै उत्कृष्ट प्रदर्शन गर्दछ ।
भी२३ई ८जीबी ¥याम र १२८जीबी वा २५६जीबी रोममा उपलब्ध छ । प्रयोगकर्ताले विस्तारित ¥याम २.० को सहायताले १२जीबी बराबरको अनुभव प्राप्त गर्न ८जीबी ¥यामलाई विस्तार गर्न सकिन्छ । यसबाहेक, यस स्मार्टफोन ४०५०एमएएच ब्याट्रीद्वारा सञ्चालित छ, जसमा ४४ वाट फ्ल्यासचार्ज छ ।
भिभो भी२३ईमा फनटच ओएस १२ रहेको छ । यसमार्फत प्रयोगकर्ताहरूले होम स्क्रिनलाई पूर्णरुपमा कस्टुमाइज्ड गर्न सक्छन् । ७.४१एमएम अल्ट्रा स्लिम फ्लोराइट एजी ग्लास डिजाइनले भी२३ई लाई आकर्षक लुक र उत्कृष्ट अनुभव प्रदान गर्दछ । स्मार्टफोनको रंग फ्ल्याट फ्रेम डिजाइन, मुनलाइट स्याडो र सनसाइन कोस्ट रङका आधारमा छनोट गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया