Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पो एफ १९ प्रो अब ३५ हजार ९ सय ९० रुपैयाँमा उपलब्ध

ओप्पो एफ १९ प्रो अब ३५ हजार ९ सय ९० रुपैयाँमा उपलब्ध


काठमाडौँ । ओप्पोले आफ्नो एफ सिरिजअन्तर्गतको ओप्पो एफ१९ प्रोको मूल्य घटाएको छ । कम्पनीका अनुसार यसको मूल्य पछिल्लो समय चार हजार रुपैयाँ घटाएर ३५ हजार नौ सय ९० रुपैयाँ कायम गरिएको छ । यसअघि यसको मूल्य ३९ हजार नौ सय ९० रुपैयाँ तोकिएको थियो ।

ओप्पोको एफ सिरिज युवा ट्रेन्डसेटरहरुबीचको उच्चतम रोजाइको रुपमा पर्न सफल मानिन्छ । यस सिरिजले तिनीहरुको जीवन र काममा महत्वाकांक्षाहरु बढाउन मद्दत गर्दछ र तिनीहरुको व्यक्तिगत शैलीलाई पनि प्रतिनिधित्व गर्दछ । यसले आफ्ना प्रयोगकर्ताहरुमा नयाँ प्रविधि र भिडियो क्याप्चरिङ सुविधाहरुको साथमा रचनात्मकतालाई बाहिर ल्याउन मद्दत गरेको छ । एफ१९ प्रो ओप्पोको पहिलो प्रिमियम स्मार्टफोन हो, जसले नवीन प्रवृत्तिहरुलाई मूर्त रुप दिन्छ र रमाइलो पलहरु खिच्न सकिन्छ ।

एफ१९प्रो सँग यसका डिजाइन र प्रविधिसँगैे ट्रेन्डसेटरहरुका बीचमा ३० वाट भोक फ्लास चार्ज ४.० प्रविधि, कलर ओएस११.१ जसले दैनिक कार्यक्षमतालाई बढाउनका साथै विना कुनै रुकावट दिनभरको कार्यसम्पादनमा मद्दत पु¥याउँछ । यसबाहेक यस फोनले अझ शक्तिशाली र प्राकृतिक देखिने भिडियोहरु खिच्दछ । जेनेरेसन अपग्रेडको साथ आएको यो फोनमा एआई कलर पोट्र्रेट भिडियो र डुअल भ्यु भिडियोको साथ एआई सञ्चालित पोट्र्रेट फोटोग्राफीको सुविधा छ, जसले उत्कृष्ट भिडियो खिच्न सक्षम बनाउँछ ।

एफ१९ प्रो ४८ एमपी क्वाड क्यामेराको साथ फोटो र भिडियोहरुमा गहिराइ थप्नको लागि ८ एमपी अल्ट्रा वाइड एंगल क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा २ एमपी मोनो क्यामेराको साथ तालमेलमा काम गर्दछ । निःसन्देह, प्रयोगकर्ताहरुको लागि सेल्फी उत्तिकै महत्वपूर्ण भएकोले फोनमा ३२ एमपी फ्रन्ट फेसिङ क्यामेरा पनि रहेको छ । एफ सिरिज अल्ट्रा स्लिम डिजाइनका लागि प्रख्यात छ । यस स्मार्टफोनका प्रयोगकर्ताहरुले ७.८ एमएम अल्ट्रा स्लिम बडी मात्र नभई १७२ ग्राम वेट र थ्रीडी ब्याट्री कभरको अनुभव लिन सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x