Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदोलखामा लगानी सम्मेलन हुने

दोलखामा लगानी सम्मेलन हुने


सुबास बस्नेत
दोलखा, फागुन ४
दोलखामा पहिलोपटक लगानी सम्मेलन गरिने भएको छ । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा जिल्लाको विकासको लागि ठूलो लगानी भित्र्याउने उद्देश्यले सम्मेलन गर्न लागिएको हो । काठमाडौँदेखि नजिकको जिल्ला भए पनि बहुराष्ट्रिय कम्पनी र लगानीकर्ताको नजर नपुगेको कारण सम्मेलन गर्न लागिएको संघका महासचिव हेमराज रिमालले बताए । रिमालका अनुसार सम्मेलनमा दोलखाका नौ स्थानीय तहहरु सम्भावित योजनाहरु छनोटमा परेका छन् । संघको आयोजनामा फागुन २१ देखि ३० गतेसम्म हुनलागेको दोलखा महोत्सवको अवसरमा सोही समय लगानी सम्मेलन पनि गरिने रिमालले बताए ।

जलविद्युत्, जडीबुटी उद्योग, पर्यटकीय क्षेत्रमा लगानी, खानी उत्खननलगायत विभिन्न विषयमा लगानी गर्न लगानीकर्तासमक्ष छलफल तथा प्रस्ताव गरिने संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले बताए । उनका अनुसार लगानी सम्मेलन र महोत्सवका लागि संघले नेपाल उद्योग वाणिज्य महासंघसहित देशका विभिन्न नगर तथा जिल्लाका उद्योग वाणिज्य संघमा पुगेर परामर्श गर्ने काम भइरहेको छ । लगानी सम्मेलनलाई उद्योगी तथा व्यवसायीहरुले चासो देखाएको संघले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x