विराटनगरमा भन्सार, भीसीटीएस तथा करसम्बन्धी प्रशिक्षण
काठमाडौं, फागुन ४
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र नाडाको संस्थागत एसोसिएसन मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनसँगको संयुक्त पहलमा शनिबार विराटनगरमा भन्सार, भेहिकल कन्साइनमेन्ट एण्ड ट्र्याकिङ सिस्टम (भीसीटीएस) तथा करसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नं १ का आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको नाडाले जानकारी दिएको छ ।
नाडाका अनुसार यस्तो किसिमको प्रशिक्षण कार्यक्रम नाडाले विगतमा पनि गर्दै आएकोे छ । नाडाले यस्तो प्रशिक्षण कार्यक्रम सातवटै प्रदेशमा गर्ने जानकारी समेत दिएको छ । मोरङ्ग अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष सुभाष आचार्यको सभापतित्वमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा मोरङ्ग अटोमोबाइल्स डिलर्स एसोसिएसनमा आबद्ध विभिन्न फर्म कम्पनीहरुको तर्फबाट कुल ४२ जना प्रशिक्षार्थीले सहभागिता जनाएका थिए ।
उक्त कार्यक्रममा राजस्व अनुसन्धान कार्यालय मोरङका अधिकृत हितेस बस्नेत, आन्तरिक राजस्व कार्यालय मोरङका अधिकृत पशुपति घिमिरे, जोगवनी भन्सार कार्यालयका भन्सार अधिकृत मणिराम पौडयाल, सीए तथा कार्यक्रमका प्रमुख प्रशिक्षक साहिल अग्रवालले प्रशिक्षण दिएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया