कोभिडपछि ब्युँतेको अर्थतन्त्रमा बाह्य क्षेत्रको प्रभाव
काठमाडौं । वि.सं. २०७२ को भूकम्पले नेपालको अर्थतन्त्रमा नकारात्मक असर पा-यो । भूकम्पको असर न्यूनीकरण गर्दै लयमा अगाडि बढेको नेपाली अर्थतन्त्र विश्वव्यापी कोरोना महामारीमा अप्ठ्यारो अवस्था आइपुग्यो । कोरोनाले पारेको प्रभावबाट तंग्रिँदै गर्दा मुलुकको अर्थतन्त्रमाथि फेरि चुनौती थपिएको छ ।
रुस–युक्रेन द्वन्द्वका कारण विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको छ । चालू आवमा पेट्रोलियम पदार्थको खरिदबाट मात्रै करिब चार खर्ब विदेशिने अनुमान छ । त्यस्तै चालू आवको नौ महिनाको अवधिमा तीन खर्बबराबरको कृषिजन्य उत्पादन आयात भएको तथ्यांक छ । आयातनिर्यातको अन्तर बढ्नु, कृषिजन्यलगायत विलासी वस्तुको आयात बढ्नु, विप्रेषण आप्रवाहमा संकुचन आउनु, विदेशी मुद्रा सञ्चिति घट्नुजस्ता कारणबाट मुलुकको अर्थतन्त्र संकटग्रस्त अवस्थातर्फ उन्मुख छ । विश्वव्यापी अर्थतन्त्रमा आर्थिक वृद्धि घट्दो अवस्थामा छ भने मूल्यवृद्धि बढ्दो अवस्थामा छ । अर्थतन्त्रलाई थप बिग्रन नदिन सरकार तथा सरोकारवाला निकायले विभिन्न नीति अख्तियार गरिरहेका छन् । अझै ढुक्क हुने अवस्था बनिसकेको छैन । मुलुकको अर्थतन्त्रलाई नकारात्मक बाटोमा जान नदिन लागिपरेको सरकारी अधिकारीको प्रस्टीकरण छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आयात र निर्यातमा देखिएको अन्तर कम गर्नु अहिलेको प्रमुख चुनौतीका रुपमा रहेको बताउँछन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले आयोजना गरेको कार्यक्रममा उनले अनियन्त्रितरुपमा बढेको आयातलाई निरुत्साहित गर्न जरुरी रहेको बताए । ‘आयातको तथ्यांक हेर्दा निकै वृद्धि भइरहेको छ, चालू आवमा करिब २१ खर्बको आयात हुने अवस्था देखियो’, उनले भने, ‘नौ÷दश खर्ब विप्रेषण र करिब दुई खर्बको निर्यातले धान्नसक्ने अवस्था देखिएन ।’ आयात र निर्यातको खाडलले तत्काल अर्थतन्त्रमा ठूलो प्रभाव नपरे पनि आगामी दिन संकटपूर्ण रहेको उनको भनाइ छ । हरेक वर्ष ठूलो परिमाणमा कृषिजन्य उत्पादन आयात भइरहेको भन्दै गभर्नर अधिकारीले कृषिजन्य वस्तुको स्वदेशमै उत्पादन बढाउनुपर्ने बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया