Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसंस्कृति इन्टरनेशनल स्कूलको ‘सिकाइ सुधार’ गोष्ठी

संस्कृति इन्टरनेशनल स्कूलको ‘सिकाइ सुधार’ गोष्ठी


काठमाडौं । संस्कृति इन्टरनेशनल स्कूलले अन्तर्राष्ट्रिय पाठ्यक्रम संघ (आईसीए) सँगको साझेदारीमा शैक्षिक गोष्ठी आयोजना गर्ने भएको छ । गोष्ठी ठमेलको अलफ्ट काठमाडौँ होटलमा आगामी शनिबार र आइतबार दुई दिन सञ्चालन गर्न लागिएको हो । यो गोष्ठी फिल्डवर्क एजुकेशन युकेद्वारा अक्टोबर २०२२ मा गरिने अन्तर्राष्ट्रिय पाठ्यक्रम सम्मेलनको एक हिस्सा हो ।

यस कार्यक्रमले किन्डरगार्टन, प्राथमिक र निम्न माध्यमिक तहको पाठ्यक्रमलाई समेट्छ । अन्तर्राष्ट्रिय पाठ्यक्रमहरूको प्रभावकारी कार्यान्वयनले शिक्षा क्षेत्रको गुणस्तरमा कसरी सकारात्मक प्रभाव पार्न सक्छ भन्नेबारे बुझ्न चाहने शिक्षक, प्रशासक, लगानीकर्ता र सम्बन्धित सबैको लागि यो गोष्ठी फलदायी हुनेछ । संस्कृति इन्टरनेशनल स्कूलकी निर्देशिका दिप्ती आचार्यले हालका वर्षहरूमा बेलायतको फिल्डवर्क एजुकेशनले प्रदान गरेको पाठ्यक्रम नेपालका विभिन्न विद्यालयहरूले अपनाएका बताइन् ।

यसका पाठ्यक्रमहरु विषयगत र रचनात्मक हुने उनको भनाइ छ । संस्कृति इन्टरनेशनल स्कूलका अध्यक्ष रञ्जित आचार्यले यस कार्यशालामा अन्तर्राष्ट्रिय पाठ्यक्रममा काम गरिरहेका शिक्षकहरूको अनुभव बाँड्दै विभिन्न कक्षागत अभ्यासहरू गरिने बताए । उनका अनुसार दुई दिनको अवधिमा सहभागी शिक्षकहरूले विभिन्न विद्यालयका शिक्षकहरूको साथसाथै अन्तर्राष्ट्रिय पाठ्यक्रम संघका सहकर्मीहरूसँग भेट्ने र शैक्षिक सुधार गर्ने विषयमा केन्द्रित छलफल र सहकार्यमा संलग्न हुने अवसर पाउनेछन् । अन्तर्राष्ट्रिय पाठ्यक्रमको कार्यान्वयनको प्रभावकारिताबारे इच्छुक सम्पूर्ण विद्यालयहरू यस गोष्ठीमा सहभागी हुन सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x