इन्ग्रेल्स प्रालिलाई राष्ट्रिय आईसीटी पुरस्कार
काठमाडौं । इन्ग्रेल्स प्रालि (वेद)ले नेपालभित्र शिक्षा र प्रविधिको एकीकरणमा योगदान गरेबापत राष्ट्रिय आईसीटी पुरस्कार २०२२ (निजी क्षेत्र) जितेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा वेदलाई उक्त अवार्ड प्रदान गरेको हो ।
सरकारले वैशाख १९ लाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका रुपमा मनाउने गरेको छ । यस कार्यक्रममा देशको प्रविधिको विकासमा वृद्धि गरेको योगदानलाई कदर गर्दै मन्त्रालयले इन्ग्रेल्स (वेद) लाई यो अवार्ड प्रदान गरेको हो । इन्ग्रेल्सले वेदद्वारा २०१६ देखि विद्यालय र कलेजहरूलाई पूर्णरुपमा डिजिटल सञ्चालन र रूपान्तरण गर्न मद्दत गर्दै आएको छ । आठ सयभन्दा बढी विद्यालयमा प्रयोग भइरहेको उक्त सफ्टवेयरले विद्यालयहरूलाई उनीहरूको सम्पूर्ण कार्य डिजिटल गर्नका लागि आवश्यक प्रविधि, तालिम र उपकरणहरु उपलब्ध गराउँछ । यसले दोहोरिरहने कामको बोझ घटाएर शिक्षकहरूलाई सहज बनाउँछ । स्वचालन प्रक्रिया व्यस्थापन, डाटा व्यवस्थापन, अनलाइन शिक्षा, विद्यालयको नतिजा प्रकाशन, सञ्चार, अकाउन्ट आदि वेदमा उपलब्ध सुविधाहरूमध्ये सबैभन्दा धेरै खोजिएका सुविधाहरु हुन् ।
वेदले कोरोना भाइरस महामारीको समयमा सात लाखभन्दा बढी विद्यार्थीहरू र ४० हजारभन्दा बढी शिक्षकहरूलाई निरन्तरता दिन मद्दत गर्दै आएको छ । वेदले काठमाडौं उपत्यकाबाहिर आफ्नो शाखा भौतिक रूपमा विस्तार गरेसँगै यी सख्ंयाहरू बढ्दै गएका छन् । हाल नेपालका ४० जिल्लाका विद्यालयहरुमा वेदको प्रयोग भइरहेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया