Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालयुरो किड्सले नेपालका प्रि–स्कुलहरूका लागि सुरु ग-यो नयाँ पाठ्यक्रम

युरो किड्सले नेपालका प्रि–स्कुलहरूका लागि सुरु ग-यो नयाँ पाठ्यक्रम


काठमाडौं । एसियाको अग्रणी प्रि–स्कुल सञ्जाल युरो किड्सले प्रि–स्कुलको नयाँ पाठ्यक्रम सुरू गरेको छ । बालबालिकाहरूको समग्र विकास सुनिश्चित गर्नको लागि इयुनोइया नामक पाठ्यक्रमको सुरुवात गरेको हो ।

यस पाठ्यक्रमले बालबालिकाको सर्वांगीण विकासको लागि दिमाग, शरीर र आत्मालाई सुधार गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । बालबालिकामा संज्ञानात्मक, प्रभावकारी र कार्यसम्पादनमा आधारित सीपहरू अभिवृद्धि गर्ने उद्देश्यका साथ ’चाइल्ड फस्र्ट’ र ’जोय अफ लर्निङ’ विचारधाराबाट यो पाठ्यक्रमको डिजाइन गरिएको पाठ्यक्रम विकास प्रमुख डा. अनिता मदानले जानकारी दिइन् । उनले भनिन्, ‘यो पाठ्यक्रमले बच्चाहरूलाई आफ्ना साथी र शिक्षकहरूसँग अन्तर्क्रिया गर्ने धेरै अवसरहरू प्रदान गर्नेछ । यस पाठ्यक्रमले मिश्रित सिकाइमार्फत, बालबालिकाहरूलाई अन्य बालबालिकाहरूको तुलनामा धेरै नयाँ कुराहरू सिक्ने अवसरहरू प्रदान गर्नेछ ।’

सीईओ केभीएस शेषसाई भन्छन्, ‘हामी यो पाठ्यक्रम पेश गर्न पाउँदा धेरै खुसी छौँ, जुन नेपालका बालबालिकाहरूको भविष्यका लागि चाहिने सीपहरू हासिल गर्न मद्दत पुग्ने गरी तयार गरेका छौँ । युरोकिड्समा हामी चाइल्ड फस्र्ट विचारधारामा विश्वास गर्छौँ र हाम्रो ध्यान बालबालिकाको दिमाग, शरीर र आत्माको विकासमा छ जसले तिनीहरूलाई चलाख, उत्तरदायी नागरिक बन्न मद्दत गर्नेछ ।’ यस पाठ्यक्रम तीन खण्डमा विभाजित भएको छ, जसमा दिमाग, शरीर र आत्मा समावेश छन् ।

दिमाग :
इयू फोनिक्स : यो एक फोनिक्स–आधारित भाषा कार्यक्रम हो । यसले बालबालिकाहरूलाई वर्णमालाका अक्षरहरू चिह्नको लागि अक्षर र सो अक्षरबाट बन्ने ध्वनिको सहयोगमा सिकाइ अगाडि बढाउनेछ ।

म्याथल्याब : यस कार्यक्रमले बालबालिकाहरूलाई गणितका अवधारणाहरू बुझ्न सहयोग पु-याउनेछ । मूर्त र अमूर्त गणितका अवधारणाहरू बुझाउनको लागि भिज्युअल र बालमैत्री कार्यक्रमहरू यसमा समावेश गरिएको छ ।

वैज्ञानिक स्पार्क : यस पाठ्यक्रमले बालबालिकाहरूलाई वैज्ञानिक सोच विकास गर्न मद्दत पु-याउँछ । उनीहरूलाई अवलोकन गरेर वा भविष्यवाणीमार्फत नयाँ सत्यहरू फेला पार्न वा पत्ता लगाउन सहयोग गर्नेछ ।

शरीर :
युरोफिट : युरोकिड्सको लागि हेल्थ सेट गो नामक संस्थाले बनाएको यस कार्यक्रमअन्तर्गत बालबालिकाहरूको शारीरिक अवस्थालाई मजबुत बनाउन सहयोग पुग्नेछ । यो फिटनेस पाठ्यक्रम अन्तर्राष्ट्रिय ट्रेनरहरूको सहयोगमा तयार पारिएको हो । उक्त पाठ्यक्रम उत्पादन गर्ने संस्था आईएसओबाट सर्टिफाइड संस्था समेत हो ।

योग किड्स : योगा किड्स स्कुलको संस्थापक र निर्देशक श्रद्धा सेटलवाडद्वारा विशेष रूपमा डिजाइन गरिएको यो कार्यक्रममा बालबालिकाहरूलाई सानै उमेरदेखि योगाको बारेमा जागरुक बनाइन्छ । ध्यान र श्वासप्रश्वासको माध्यमबाट उनीहरूलाई सानै उमेरमा आफ्नो शरीरबारे सचेत हुन यो कार्यक्रम लागू गरिएको हो ।

आत्मा
युरो म्युजिक : एनी मिकरसँगको सहकार्यमा तयार गरिएको यस कार्यक्रमले बालबालिकाहरूलाई सामाजिक विकास, भाषा र साक्षरताको वृद्धि गर्नको लागि गीतसंगीतको माध्यमबाट सहयोग पु-याउने छ । मिकर सिंग, प्ले लभ नामक संस्थाको संस्थापक समेत हुन् ।

माइन्डफुल प्लस : यस कार्यक्रमले बालबालिकालाई भूत वा भविष्यमा ध्यान केन्द्रित गर्नुको सट्टा वर्तमानमा ध्यानकेन्द्रित गर्न सिकाउँछ । यो कार्यक्रम फातिमा खादारद्वारा तयार पारिएको हो । उनीसँग शैक्षिक क्षेत्रमा बालबालिकाहरूको लागि लामो समयसम्म काम गरेको अनुभव छ ।

Open photo

कोरोना महामारीको समयमा युरोकिड्सले बालबालिकाहरूको लागि एप लन्च गरेको थियो । महामारीको समयमा घरभित्र रहेका बालबालिकाहरूको शिक्षक सिकाइमा रोकावट नआओस् भन्ने उद्देश्यले उक्त एप सञ्चालनमा ल्याइएको थियो ।

युरोकिड्सको बारेमा दुई दशकदेखि एसियाका ३५० भन्दा बढी सहरहरूमा एक हजार दुई सयभन्दा बढी प्रि–स्कुलहरूको नेटवर्क बनाएको यस संस्थाले नेपालमा सन् २००८ मा युरो किड्सको पहिलो केन्द्र स्थापना गरेको थियो । अहिले संघीय राजधानी काठमाडौंलगायत, ललितपुर, काभ्रे, विराटनगर, झापा, धनगढीमा २८ वटा प्रि–स्कुलहरू सञ्चालनमा छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x