कोका–कोलाले मनायो १३६औँ वार्षिकोत्सव
काठमाडौं । कोका–कोला कम्पनीले आफ्नो १३६औँ वार्षिकोत्सव मनाएको छ । ८ मे १८८६ मा जर्जियाको डाउनटाउन एटलान्टास्थित एक सोडा फाउन्टेनबाट सुरु भएको यो कम्पनीको उत्पादन हाल संसारभर फैलिएको छ ।
एट्लान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्टनले कोका–कोलाको उत्पादन सुरु गरेका हुन् । यो पेयपदार्थ हाल करोडौँ मानिसहरुको प्रिय भएको छ । कम्पनीका अनुसार यो पेयपदार्थ आफैँमा रिफ्रेसमेन्ट, इन्जोइमेन्ट र सेलिब्रेसनको पर्यायवाची भइसकेको छ । कोकाकोलाको स्वाद आफैँमा युनिक छ, यसले आफ्ना विश्वभरिका उपभोक्ताहरुलाई उनीहरुले खोजेजस्तै र मन पराएजस्तै स्वाद दिँदै आएको छ । कोका–कोला, कोका–कोला जेरो सुगर, फ्यान्टा, स्प्राइट र किन्लेलगायतका पेयपदार्थहरू उत्पादन गर्दै आएको कम्पनीले नेपालमा करिब पाँच दशकअघि बालाजुको (बोटलर्स नेपाल लिमिटेड) र भरतपुरको (बोटलर्स नेपाल तराई लिमिटेड)मा दुई प्लान्ट स्थापना गरी आफ्नो व्यवसाय सञ्चालन गरेको थियो ।
नेपाली उपभोक्ताहरुसँगको आफ्नो सम्बन्ध बलियो बनाउन प्रतिबद्ध कोका–कोलाले नेपालमा पेयपदार्थका किफायती विकल्पहरु उपलब्ध गराउँदै उनीहरुलाई आफ्नो आवश्यकताअनुसारको प्याकहरू छनोट गर्न सजिलो बनाएको जनाएको छ । यसै सिलसिलामा कोका–कोलाले सन् २०१९ मा आफ्नो सबैभन्दा सानो र पोर्टेबल कान्छु प्याक लन्च गरेको थियो, जुन १७५ मिलिको आरजीबी बोतलमा २५ रुपैयाँमा उपलब्ध छ । नेपाली उपभोक्ताहरुसँगको आफ्नो सम्बन्ध अझै आत्मीय बनाउनको लागि यस प्याकको लोगो पनि नेपालीमै छापिएको थियो । त्यस्तै विश्वव्यापी रुपमा सञ्चालन गरिएको कोक एन्ड मिलको नेपाली संस्करणको रुपमा मोःमोत्सव पनि विगत सात वर्षदेखि नेपालमा सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ ।
यस्तै कोका–कोलाले सन् २०२१ मा फोहोर व्यवस्थापन, वाटर स्टेवार्डशिप र महिला सशक्तीकरणलाई ध्यानमा राखेर सञ्चालन गरिएको मेडन सस्टेनेबिलिटी २०२१ को प्रतिवेदन पनि सार्वजनिक गरेको थियो । यसैगरी कम्पनीले आफ्नो ‘वल्र्ड विदाउट वेष्ट’को विश्वव्यापी उद्देश्यलाई साकार पार्न आफ्ना हरेक उत्पादन प्रक्रियामा प्लास्टिकको प्रयोग कम गर्दै आएको छ । साथै रिड्युस, रिप्लेनिस र रि–युजसहितको आफ्नो पानी कम गर्ने रणनीतिको सफल कार्यान्वयनको परिणामस्वरुप वाटर न्युट्रल कम्पनीको रुपमा स्थापना भएको छ । त्यस्तै, आफ्नो सिस्टममा आबद्ध महिलाहरुलाई सशक्त बनाउने उद्देश्यसहित यसले सक्षम थिमको रिटेल तालिम सञ्चालन गरेको थियो, जसअन्तर्गत २०२२ को अन्त्यसम्म खुद्रा पसल र साना खाजा घरहरु सञ्चालन गर्दै आएका एक हजार जना महिलाहरुलाई व्यावसायिक तालिम प्रदान गर्ने लक्ष्य लिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया