Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनौद थाई स्पा र माइ थाई रेष्टुरेण्ट सञ्चालन

नौद थाई स्पा र माइ थाई रेष्टुरेण्ट सञ्चालन


काठमाडौं । लण्डनको स्पा ब्राण्ड ‘नौद थाइ’ र ‘माइ थाई’ रेष्टुरेण्टको भब्य उद्घाटन भएसँगै पूर्ण रुपमा सञ्चालनमा आएको छ । नेपालका लागि थाइल्याण्डका राजदुत भोसिता भोरासावले नौद थाइ स्पा र ‘माइ थाई’ रेष्टुरेण्टको संयुक्त उद्घाटन गरेका हुन् ।

नौद थाई स्पा सञ्चालनमा आएको भए पनि आधिकारिक रुपमा उद्घाटन गरिएको थिएन । नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासावले उद्घाटन गरेसँगै स्पा र रेष्टुरेण्ट पूर्ण रुपमा सञ्चालनमा आएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत भोसिता भोरासावले नौद थाई स्पा उद्घाटन गर्न पाउँदा धेरै नै खुसी लागेको बताए । उद्घाटन कार्यक्रममा विभिन्न थाइ सांगीतिक प्रस्तुति समेत रहेको थियो । नौद थाई स्पाले नेपालमा नै अन्तर्राष्ट्रिय स्तरको स्पा, मसाज तथा वेलनेस सेन्टरको सुविधा दिइरहेको छ ।

काठमाडौंका मानिसहरुको जीवन अत्यन्तै व्यस्त भइरहेको सन्दर्भमा स्पा, मसाज तथा ‘बडी केयर वेलनेस’ले शरीर तन्दुरुस्त बनाउने गर्दछ । नौद थाई स्पाले अल इन वान सेवा उपलब्ध गराउँदै आएको छ । जसमा मसाज, स्टिम, साउना, ज्याकुजी, हेयर सलुन, कलरिङ्ग, फेसियल, मेनिक्युर, पेडिक्युरलगायतका सुविधाहरु पाउन सकिन्छ । नौद थाइ स्पाले आम ग्राहकको माया पाउन सफल रहेको छ । काठमाडौंका मानिसहरु आफ्नो शरीरलाई समय दिने, स्पा मसाजमा जाने ट्रेण्ड चलिरहेको अवस्थामा अन्तर्राष्ट्रिय स्तरको मसाज नेपालमै खुल्नु खुसीको कुरा हो ।

हाल नौद थाई स्पा बेलायतको आठवटा विभिन्न स्थानहरुबाट सेवा दिँदै आएको र काठमाडौंमा खोलिएको नौद थाई स्पा ग्लोबल आउटलेटको एक आउटलेट रहेको छ । नौद थाई स्पामा आएका ग्राहक दोहोरिएर आएको र यहाँको सेवा अन्तर्राष्ट्रियस्तरको रहेको पाइएको छ । स्पा र रेष्टुरेण्टको सेवाबाट ग्राहकहरु उच्चतम सन्तुष्ट हुने विश्वास लिइएको छ । साथै थाइ परिकारको अथेण्टिक खाना खुवाउने लक्ष्य माई थाईले लिएको छ । यसका लागि माइ थाईले थाइल्याण्ड देशबाट नै सेफ हायर गरी ल्याइएको हो । थाई परिकार मनपर्नेहरुले एकपल्ट माइ थाई रेष्टुरेण्ट आएर उपलब्ध सेवा लिन सक्नेछन् । नौद थाई स्पा र माइ थाई रेष्टुरेण्ट काठमाडौंको पानीपोखरी लाजिम्पाटमा छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x