Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचौधरी ग्रुपद्वारा सरकारी जग्गा कब्जा

चौधरी ग्रुपद्वारा सरकारी जग्गा कब्जा


काठमाडौं, फागुन ५
चौधरी ग्रुपले ललितपुर महानगरपालिकास्थित पुल्चोकमा रहेको सरकारी जग्गा कब्जा गरेको पाइएको छ । ललितपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकमा रहेको साझा प्रकाशन अगाडिको र भूपू सैनिक संघसँग जोडिएको सरकारी जग्गा चौधरी ग्रुपले कब्जा गरेको पाइएको हो ।

पुल्चोकबाट झम्सीखेल जाने सडकसँगै रहेको कित्ता नम्बर १६६, १६७, १६८, १७०, १७१, १७२ र १७३ नेवार समुदायको पुरानो गुठीसहित नगरपालिकाको नियन्त्रणमा रहेको सार्वजनिक जग्गा हो । कित्ता नम्बर ४५ र १६९ भने पुल्चोकबाट झम्सीखेल जाने मुख्य सडक हो । गुठीको नाममा रहेको उक्त जग्गामध्ये कित्ता नम्बर १६८, १७२ र १७३ चौधरी ग्रुपले १०६७ देखि २०६८ सालको अवधिमा कब्जा गरी हिमालयन ट्रस्टको नाममा ल्याएको छ । कित्ता नम्बर १६६, १६७, १७० र १७१ भने हालसम्म पनि गुठीकै नाममा रहेको छ । २०६४ सालमा तत्कालीन ललितपुर नगरपालिकाले उक्त सरकारी जग्गामा बनाइएको अव्यवस्थित घरटहराहरु भत्काएको थियो । नगरपालिकाले अस्थायी टहरा भत्काएपछि उक्त जग्गाबारे विवाद भई मुद्दा चलेको थियो ।

जग्गाबारे मुद्दा चलिरहेको अवस्थामा चौधरी ग्रुपले अदालत, मालपोत, भूमिसुधार मन्त्रालय, नगरपालिकालगायत सम्बन्धित सबै निकायलाई आर्थिक प्रलोभनमा पारी उक्त जग्गा ट्रस्टको नाममा ल्याएको हो । गुठीको नाममा रहेको उक्त सार्वजनिक जग्गा पूर्वी मुख्य सडकसँग जोडिएको र पश्चिम भूपू सैनिक संघसँग जोडिएको चौधरी ग्रुपले ट्रस्टको नाममा ल्याएको छ भने बीच भागमा रहेको जग्गा गुठीको नाममा नै रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x