टेलिकमको नाफा घट्यो
काठमाडौं । नेपाल टेलिकमको नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को तृतीय त्रैमासिकको वित्तीय विवरणअनुसार टेलिकमको नाफामा ४४ करोड ९१ लाख २५ हजार रुपैयाँले कमी आएको हो ।
कम्पनीले गत आवको तृतीय त्रैमासिक अवधि (२०७७ चैत मसान्त) सम्म पाँच अर्ब ८८ करोड ४४ लाख ७२ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । तर चालू आवको सोही अवधिमा टेलिकमले पाँच अर्ब ४३ करोड ५३ लाख ४७ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ । कोभिड–१९ को महामारी तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय रोमिङलगायत अन्तराबद्धता सेवाको प्रयोगमा कमी, अन्तराबद्धता शुल्कसम्बन्धी निर्देशिकाअनुसार डोमेस्टिक अन्तराबद्धता शुल्कमा कमी भएको, सेवा व्यापक रुपमा विस्तार गरिएकोले मर्मतसम्भार खर्चमा भएको वृद्धि, स्थिर सम्पत्तिको ह्रासकट्टी रकममा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको कम्पनीले जनाएको छ ।
यस्तै कम्पनीले कोभिड–१९ को महामारीलाई लक्षित गरी कम्पनीबाट धेरै कम दरका डाटा प्याकेजहरु सुरु गरिएको हुँदा जीएसएम सेवातर्फ डाटाको खपत बढे पनि राजस्वमा सोही अनुपातमा वृद्धि हुन नसकेको र कोभिड महामारीपश्चात् चिपसेटको अभाव तथा अन्तर्राष्ट्रिय ढुवानीमा कठिनाइ र बढ्दो शुल्कका कारण उपकरण तथा सामान आयातमा ढिलाइ भई अपेक्षित समयमा सेवा विस्तार गर्न नसकिएकोले पनि अपेक्षित नाफा कमाउन नसकेको कम्पनीले जनाएको छ ।
यस्तै कम्पनीको कुल सञ्चालन आय भने वृद्धि भएको छ । गत आवको तृतीय त्रैमासिक अवधिसम्ममा कम्पनीको कुल सञ्चालन आय २७ अर्ब ४५ करोड १३ लाख ५३ हजार रहेकोमा चालू आवको सोही अवधिसम्ममा ७६ करोड ८२ लाख ५९ हजार (अर्थात् २.८ प्रतिशत) ले वृद्धि भई २८ अर्ब २१ करोड ९६ लाख १२ हजार रुपैयाँ पुगेको छ । यसैगरी कम्पनीको कुल आयमा पनि सामान्य वृद्धि देखिएको छ । कम्पनीको गत आवको तृतीय त्रैमासिक अवधिसम्मको कुल आय ३१ अर्ब ६७ करोड ३७ लाख ७४ हजार रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिसम्ममा कुल आय ८६ करोड २९ लाख ५६ हजार रुपैयाँ (अर्थात् २.७२ प्रतिशत) ले वृद्धि भई ३२ अर्व ५३ करोड ६७ लाख २९ हजार रुपैयाँ रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया