Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनिर्वाचनको दिन पर्यटन बोर्डले सटल बससेवा सञ्चालन गर्ने

निर्वाचनको दिन पर्यटन बोर्डले सटल बससेवा सञ्चालन गर्ने


काठमाडौं । निर्वाचनको समयमा पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्डले सटल बससेवा सञ्चालन गर्ने भएको छ । वैशाख ३० गते हुनलागेको स्थानीय तहको निर्वाचनका दिन काठमाडौंमा हवाइ यात्रुलाई विमानस्थल र होटलबीच हुनसक्ने असुविधालाई ध्यानमा राखेर सटल बस सञ्चालन गर्न लागेको हो ।

बोर्डले पर्यटक प्रहरीको सहयोगमा टुरिष्ट बस एसोसिएसन अफ नेपाल र नेपाल टुरिष्ट भेहिकल एसोसिएसनको समन्वयनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न होटल तथा होटलदेखि विमानस्थलसम्म आवतजावतका लागि विभिन्न रुटमा सटल बस सञ्चालन गर्न लागेको हो । बोर्डले रुट नं. १ मा विमानस्थलदेखि नेपाल वायुसेवा निगम, होटल अन्नपूर्ण, होटल याक एण्ड यती, ठमेल चोक, लैनचौर चोक, शंकर होटल हुँदै विमानस्थलसम्म, रुट नं. २ मा विमानस्थलदेखि होटल -याडिसन, होटल सांग्रिला, नारायणगोपाल चोक, महाराजगञ्ज चोक, ह्यात होटल, चावहिल हुँदै विमानस्थलसम्म कायम गरेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x