Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालउमा कुङफुमा नेपाललाई तीन स्वर्ण

उमा कुङफुमा नेपाललाई तीन स्वर्ण


काठमाडौं । उमा (वर्ल्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपमा नेपालले तीन स्वर्ण पदक जितेको छ । युकेको ओर्सेस्टरमा मे १५ तारिखमा भएको प्रतियोगितामा सञ्जयराज पुटुवारले दुई तथा भुपेन्द्र गुरुङले एक स्वर्ण जितेको प्रतियोगितामा जजको भूमिकासमेत निर्वाह गरेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले जानकारी दिए ।

सञ्जयले छाङ छ्वान र वेपन गरी दुई स्पर्धामा नेपालको चुनौती प्रस्तुत गरेका थिए । उनले छाङ छ्वानमा ९.७ तथा वेपनमा ९.८ अंक जोड्दै शीर्ष स्थान हात पारे । सञ्जयले यसअघि अस्ट्रियामा भएको वल्र्ड च्याम्पियनसिप, बंगलादेशमा भएको एसियाली च्याम्पियनसिप तथा भारतमा भएको दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।

भुपेन्द्र गुरुङले चाइनिज फर्मस्को छाङ छ्वानमा ८.९ अंक हासिल गर्दै स्वर्ण चुमे । यसअघि भुपेन्द्रले जर्मनीमा भएको विश्व मार्सल आर्ट्स गेम्समा स्वर्ण जितेका थिए । प्रतियोगितामा विभिन्न ११ राष्ट्रका करिब पाँच सय ५० खेलाडीले सहभागिता जनाएको अध्यक्ष लामाले जानकारी दिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x