एनबी बैंकद्वारा पशुपति क्षेत्रको सरसफाइका लागि डस्टबिन वितरण
काठमाडौं फागुन ५
नेपाल बंगलादेश (एनबी) बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत, शनिबार पशुपति क्षेत्र विकास कोषको सहकार्यमा एकता होटल तथा गेष्ट हाउस व्यवसायी संघले संरक्षण गर्नेगरी डस्टबिन स्तान्तरण गरेको थियो । बैंकका प्रमुुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले गरेका थिए ।
कार्यक्रममा बोल्दै पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले विश्व सम्पदा सूची पशुपतिनाथ क्षेत्रवरिपरिको सरसफाइले नेपाली समाजको सभ्यतालाई विश्वभर चिनाउने बताए । विश्व सम्पदा सूची पशुपतिनाथ क्षेत्रमा बैंंकले पहिलेदेखि नै गर्दै आएको यसप्रकारको लगानीको सामाजिकरूपमा उच्च मूल्याङ्कन रहेको बताए ।
साथै, कार्यक्रममा बैंकको तिलगंगा शाखाको एटीएम पनि उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैंकमा खाता नभएका नेपालीहरूलाई नयाँ खाता खोले एक सय बैकले बचत गरिदिने बताए साथै बैकका सबै सेवाबाट भरपुर फाइदा लिन आग्रह गरे ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया