लुक्ला विमानस्थलमा राजधानी फर्किने पर्यटकको संख्या उच्च
सोलुखुम्बु । सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाबाट राजधानी फर्किने यात्रुको चाप बढेको छ । सगरमाथा क्षेत्रमा पर्यटकीय सिजन सकिएसँगै विमानमार्फत काठमाडौं फर्किने विदेशी पर्यटकको चाप बढेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।
अहिले लुक्ला भित्रिने यात्रुको संख्या न्यून रहेको र दैनिक तीन सयभन्दा बढी पर्यटकहरू त्यहाँबाट फर्किने गरेको प्राधिकरण प्रमुख द्वारीका अछामीले जानकारी दिए । उनले भने, ‘यहाँ त आउँदा जहाजहरू खाली आउँछन्, फर्किँदा पूरै यात्रु लिएर जान्छन् । यात्रुको चाप थेगिसक्नु नै छैन । विमानमा सिट नपुगेर हेलिकोप्टरमा समेत त्यतिकै फर्किरहेका छन् ।’ चाप बढेसँगै विमान कम्पनीहरूलाई भ्याइनभ्याइ भएको छ । देशकै बढी व्यस्त हुने विमानस्थलमध्येको एक लुक्लामा अहिले दैनिक ३० वटाभन्दा बढी उडान हुनेगरेको छ भने त्यत्तिकै संख्यामा हेलिकोप्टरहरूले समेत उडान भर्ने गरका छन् ।
काठमाडौँबाट लुक्ला आउने अधिकांश जहाजहरू खाली नै हुने गरे पनि फर्किँदा पूरा यात्रु लिएर जाने गरेको विमान कम्पनीहरूले जनाएको छ । फर्किने पर्यटकहरूको चाप बढी भए पनि मौसमले साथ नदिँदा कतिपय उडानहरू रद्द हुनेगरेको छ । केही दिनदेखि बिहानको समयमा मौसम क्लोज हुने र मध्यान्नपछि मात्रै खुल्ने गरेकाले सोचेजस्तो उडान हुन नसकेको प्रमुख अछामीको भनाइ छ । खुम्बुमा वर्षको दुई सिजन फागुन अन्तिमदेखि जेठ मध्यसम्म र असोजदेखि मंसिरसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया