पुँजीबजार बलियो पार्न बंगलादेशलाई एडीबीले दियो १७ करोड डलर
ढाका, फागुन ५
एसियाली विकास बैंकले बंगलादेशलाई पुँजीबजार बलियो बनाउन १७ करोड अमेरिकी डलर सापटी दिएको छ । बंगलादेशी मिडियाहरुका अनुसार यो रकम तेस्रो पुँजीबजार विकास कार्यक्रममा खर्च हुनेछ । यो कार्यक्रम सन् २०१५ मा ल्याइएको थियो । एडीबीले दोस्रो कार्यक्रममा प्रभावकारी सुधारको लागि आधारभूत कुरामा जोड दिएको थियो । तेस्रो कार्यक्रमले भने नीतिगत र संस्थागत सुधारलाई लक्ष्य गरेको बताइएको छ ।
यसमा क्लियरिङ र सेटलमेन्ट सिस्टमलाई मुख्य जोड दिइएको छ । उक्त ऋण रकमले दुईवटा डिम्युचुअलाइज्ड स्टक एक्सचेन्जबाट नयाँ वित्तीय संयन्त्र ल्याएको छ । यसले वित्तीय रिपोटिङ र बीमा क्षेत्रलाई बलियो पार्ने उच्चस्तरीयता स्थापना गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । सन् २०१५ को नोभेम्बरमा एडीबीले सबै कार्यक्रमको लागि २५ करोड अमेरिकी डलर स्वीकृत गरेको थियो । जसअन्तर्गत सुरुको लागि ८ करोड छुट्याइएको थियो ।
योसँगै दक्षिण कोरियाली सरकारको इ–एसिया र नलेज पार्टनरशिप फन्डले पनि लाखौँ डलरको प्राविधिक सहयोग गरेको बताइएको छ । यसले पुँजीबजारमा सुधार ल्याएको बंगलादेशी मिडियाले जनाएका छन् । एडीबीको उक्त कार्यक्रमबाट दिगो पुँजीबजार विकास हुने अपेक्षा गरिएको एडीबीको वित्तीय क्षेत्र विशेषज्ञ ताकुया होशिनोले बताए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया