लयमा फर्किँंदै डोटीको पर्यटन
डोटी । कोभिड–१९ को संक्रमणका कारण विगत दुई वर्षदेखि थला परेको यहाँको होटेल तथा पर्यटन व्यवसाय अहिले पुरानै लयमा फर्किनथालेको छ । जिल्लामा कोरोना संक्रमणको जोखिम अन्त्य भएसँगै यहाँका पर्यटकीय क्षेत्र तथा होटल पर्यटकले धमाधम भरिनथालेका छन् ।
दुई वर्षदेखि महामारीले शिथिल भएको डोटीको पर्यटकीय क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्नथालेसँगै यहाँका बजारमा चहलपहल बढ्नुका साथै होटेल, पर्यटन तथा अन्य व्यवसाय सुधारतर्फ फर्किएको डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेलले बताए । उनले भने, ‘कोरोना महामारीले दुई वर्षदेखि होटेल तथा पर्यटन क्षेत्रमा निकै असर गरेको थियो, अहिले महामारी हटेपछि हाम्रो व्यापार व्यवसाय पुरानै शैलीमा फर्किनथालेको छ, अब यस्तो महामारी नआओस् ।’
जिल्लाका व्यवसायीका अनुसार अहिले जिल्लामा स्वदेशी पर्यटकले गतिविधि चलायमान बनाउनुका साथै यहाँको प्रमुख पर्यटकीयस्थल खप्तडमा विदेशी पर्यटकको आगमन दरमा क्रमिक सुधार आएसँगै व्यापार व्यवसाय बढ्नथालेको हो । यहाँका होटेल तथा लजमा पछिल्लो समय पाहुना बढेका छन् होटलमा कार्यक्रम आयोजना हुने क्रम बाक्लिएको वर्षा होटल दिपायल पिपल्लाका सञ्चालक गणेशबहादुर बोहराले बताए । ‘गएको चैत महिनादेखि हाम्रा होटलमा पाहुनाहरुले भरिभराउ भएका छन्, विभिन्न सेमिनार, गोष्ठीले गर्दा व्यापार व्यवसाय पनि राम्रै भएको छ’, उनले भने ।
डोटीसहित समग्र सुदूरपश्चिममा पर्यटन गतिविधि तथा व्यावसायिक क्रियाकलाप चलायमान भएसँगै विगत दुई वर्षको नोक्सानीलाई नाफामा परिणत गर्न सहज हुने पर्यटन व्यवसायी दीपकबहादुर खड्काले बताए । उनले भने, ‘डोटी मात्र होइन समग्र सुदूरपश्चिममा अहिले स्वदेशी तथा विदेशी पर्यटक भित्रिनथालेका छन्, यसरी नै पर्यटक चलायमान भए कोरोनामा भएको नोक्सानी नाफामा परिणत गर्न सकिनेछ ।’
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता
- खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गर्न मन्त्री यादवको निर्देशन
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया