बाह्रै महिना जुत्ता मेला सञ्चालन नगर्न उद्योगीलाई आग्रह
काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले स्वदेशी जुत्ता प्रदर्शनीको नाममा भृकुटीमण्डपमा बाह्रै महिना जुत्ता मेला नगर्न उद्योगी व्यवसायीलाई आग्रह गरेको छ ।
एसोसिएसनका अध्यक्ष नानिराज घिमिरेले उद्योगी व्यवसायीहरुको हित र स्वदेशी उत्पादनको प्रवर्द्धनको निमित्त एसोसिएसनकै आयोजनामा काठमाडौं उपत्यकामा वर्षमा दुईपटक सबै उद्योगीहरुलाई समेटेर बिजनेस एक्स्पो र एकपटक अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी आयोजना गरिने भएकोले बाह्रै महिना सञ्चालन मेलालाई निरुत्साहित गर्न आग्रह गरे ।
उनका अनुसार स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न आम उपभोक्ताहरुको बीचमा आफ्ना उत्पादनहरु परिचित गराउने, उपभोक्ताहरुको सुुुझाव र प्रतिक्रिया प्राप्त गर्दै आफ्ना उत्पादनलाई अझ परिष्कृत गर्दै लैजान स्वदेशी उत्पादनको प्रदर्शन गर्ने मुख्य उद्देश्यका साथ औद्योगिक प्रदर्शनी आयोजना गर्ने गरिन्छ । आफ्ना उत्पादनहरुलाई सोझै उपभोक्ताहरुबीचमा पु-याई स्वदेशी उत्पादनप्रति उपभोक्ताको रुचि जगाउन तथा विविध कारणले आर्थिक गतिविधि सुस्त रहेको अवस्थामा आर्थिक गतिविधि चलायमान बनाउन पनि विभिन्न प्रकारका मेला तथा बिजनेस एक्स्पो एसोसिएसनले आयोजना गर्दै आएको छ । तर स्वदेशी जुत्ता प्रदर्शनीको नाममा भृकुटीमण्डपमा बाह्रै महिना सञ्चालन हुने जुत्ता मेलाको सन्दर्भमा यो एसोसिएसनको सधैँ विमति रहेको उनले बताए ।
बाह्रै महिना सञ्चालन हुने भृकुटीमण्डपको मेलालाई निरुत्साहित गर्न पटक–पटकको छलफलपश्चात् एसोसिएसनका सदस्यहरु सहमत भई एसोसिएसनले वैधानिक व्यवस्था गरी सोहीअनुरुप कार्यान्वयन समेत हुँदै आएकोमा सहमतिविपरीत केही उद्योगी व्यवसायीहरुले पुनः जुत्ता मेला सञ्चालन गरेको प्रति एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको उनको भनाइ छ । उनले शनिबार एक विज्ञप्ति जारी गरी बाह्रै महिना दोकानको रुपमा सञ्चालन गरिने यस्ता मेलाले औद्योगिक प्रदर्शनीलाई खल्लो बनाउने उल्लेख गरेका छन् ।
साथै प्रदर्शनीको पार्किङ्गको रुपमा मात्र भाडामा दिनुपर्ने गेटनिरको ठाउँलाई सामान बिक्रीवितरण गर्ने गरी भृकुटीमण्डप सञ्चालन कार्यालयले भाडामा दिइएकाले स्वच्छ व्यावसायिक वातावरणमा असर पर्न गइरहेको उनको भनाइ छ । पाँचवटा कम्पनी मिलेर बाह्रै महिना दोकानको रुपमा लगाउने मेला र त्यसमा पनि केही कम्पनीले विदेशी ब्राण्डका सस्ता जुत्ता बिक्रीवितरण गर्ने हुनाले त्यस्ता गतिविधि नगर्न उनले आग्रह गरे । यस्ताखाले मेलाप्रति एसोसिएसनको कुनै संलग्नता नभएको र बाह्रै महिना मेला सञ्चालन हुँदा स्वदेशी उत्पादनको लोकप्रियतामा समेत आँच आउने उनको भनाइ छ ।
संघका सदस्यहरुबाट नै सहमतिविपरीत हुने गरेका यस्ता गतिविधिप्रति संघले आवश्यक प्रक्रियाअगाडि बढाउने व्यहोरा समेत विज्ञप्तिमार्फत जानकारी गराइएको छ । संघको आधिकारिक व्यवस्थामा सञ्चालन हुने मेला महोत्सवबाहेक अन्य मेलामा बिक्रीवितरण गरिने वस्तु तथा सबै उद्योगी व्यवसायीलाई एउटै नजरले नहेर्न र भ्रममा नपर्न समेत उपभोक्ताहरुलाई विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
- उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात
- टेलिकमको नाफामा गिरावट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया