Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसर्वोच्चले रोक लगाएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको योजना

सर्वोच्चले रोक लगाएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको योजना


काठमाडौं । सर्वोच्च अदालतले निर्माण गर्न रोक लगाएको बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले बजेटमा योजना राखेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको लागी आईतबार संसदमा प्रस्तुत गरेको बजेटमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई अगाडी बढाउने उल्लेख गरेका छन् ।

उक्त विमानस्थल निर्माणको लगानी ढाँचा निर्धारण गरी लगानी बोर्ड नेपालमार्फत आयोजना विकास कार्य अगाडि बढाइने उनले बताए । सर्वोच्च अदालतले बिहीबार उक्त विमानस्थल बनाउनेबारे सरकारले अहिलेसम्म गरेका सबै निर्णय बदर गरिदिएको थियो । सर्वोच्चको बृहत पूर्ण इजलासले सरकारलाई नेपाललाई अर्को वैकल्पिक विमानस्थल चाहिने भए निजगढको विकल्प खोज्न आदेश दिएपनि सरकारले बजेटमामा उक्त विमानस्थललाई अगाडी बढाउने कार्यक्रम राखेको छ ।

यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याइने बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चापलाई व्यवस्थित गर्न ट्याक्सी वे थप र दोस्रो टर्मिनल भवन निर्माणका लागि २ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको छ भने हवाइ तथा यात्रु चापको विश्लेषणको आधारमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य अगाडि बढाइने बताइएको छ ।

यसैगरि धनगढी विमानस्थललाई स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्न सम्भाव्यता अध्ययन गरिने, सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थल निर्माणको कार्य अघि बढाइने, नेपाल नागरिक उड्डयन प्राधिकरणको पुनःसंरचना गरी सेवा प्रदायक र नियामकको रूपमा छुट्टाछुट्टै निकाय स्थापना गरिने बजेटमा उल्लेख छ ।

यस्तै डडेलधुरा, बाग्लुङ्गको बलेवा, दाङ, टरीगाउँ, टिकापुर, चौरजहारी लगायत विमानस्थलको स्तरोन्नति गरिने तथा उदयपुर विमानस्थलको निर्माण कार्य प्रारम्भ गरिने बताइएको छ । सरकारले आगामी आर्थिक वर्षको लागि हवाइ पूर्वाधार विकासका गर्न १२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x