Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनारायण नगरपालिकाद्वारा निःशुल्क स्वास्थ्य बीमा

नारायण नगरपालिकाद्वारा निःशुल्क स्वास्थ्य बीमा


दैलेख । दैलेखको नारायण नगरपालिकाले मानसिक स्वास्थ्य समस्यामा परेका बिरामी र उनीहरूको परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । पालिकाभित्रका ११ वटै वडाका त्यस्ता एक सय ८९ परिवारका एक हजार ८५ जनाको निःशुल्क स्वास्थ्य बीमा गरेको नगरपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा विनियोजन गरेको बजेटबाट उनीहरूको निःशुल्क स्वास्थ्य बीमा गरिएको नारायण नगरपालिका स्वास्थ्य शाखाप्रमुख लालबहादुर खड्काले जानकारी दिए । उनका अनुसार निःशुल्क बीमाका लागि सात लाख ५४ हजार छ सय रूपैयाँ खर्च भएको छ । नारायण नगरपालिका ५ मा रहेको त्रिवेणी स्वास्थ्य चौकीमा मनोसामाजिक परामर्श कक्ष स्थापना गरी मानसिक समस्या भएका नागरिकलाई परामर्श दिने गरिएको उनले बताए ।

यस्तै मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिको उपचारमा सहजता ल्याउने उद्देश्यले उनीहरूसहित परिवारका सदस्यको निःशुल्क स्वास्थ्य बीमा गरिएको नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले बताए । नगरप्रमुख शर्माले नागरिकमा पछिल्लो समय मानसिक समस्या बढ्दै गएकाले नगरपालिकाले १० जना मनोसामाजिक परामर्शकर्तामार्फत सेवा दिँदै आएको जानकारी दिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x