Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदोलखाका स्थानीय तहको आगामी बजेटमा सामान्य वृद्धि

दोलखाका स्थानीय तहको आगामी बजेटमा सामान्य वृद्धि


दोलखा । संघीय सरकारले आगामी आर्थिक वर्षको लागि जिल्लाका स्थानीय तहहरूको बजेटमा सामान्य वृद्धि गरेको छ । चालू आर्थिक वर्षमा संघीय सरकारले दोलखाका नौ स्थानीय तहलाई तीन अर्ब ४१ करोड आठ लाख बजेट छुट्याएको थियो भने आगामी आर्थिक वर्ष २०७९/०८० को लागि तीन अर्ब ५२ करोड ८६ लाख बजेट छुट्याएको छ ।

संघीय सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत उक्त बजेट स्थानीय तहमा विनियोजन गरेको हो । जिल्लाका स्थानीय तहहरूले एक अर्ब २२ करोड ४० लाख समानीकरण अनुदान, दुई अर्ब १३ करोड ६६ लाख ससर्त अनुदान, १० करोड ३० लाख विशेष अनुदान र छ करोड ५० लाख समपुरक अनुदान गरेर तीन अर्ब ५२ करोड ८६ लाख बजेट पाएको हुन् । जिल्लाको भीमेश्वर नगरपालिकाले सबैभन्दा धेरै बजेट पाएको छ । नगरले आगामी आर्थिकको वर्षको लागि कुल ५६ करोड ३४ लाख बजेट प्राप्त गरेको छ । चालू आवमा भीमेश्वरले ५४ करोड १८ लाख रुपैयाँ बजेट प्राप्त गरेको थियो ।

त्यस्तै जिरी नगरपालिकाले ३६ करोड २२ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ । त्यसैगरी विगु गाउँपालिकाले ३३ करोड रुपैयाँ, कालिञ्चोक गाउँपालिकाले ४३ करोड ५७ लाख रुपैयाँ, गौरीशंकर गाउँपालिकाले ३७ करोड ६८ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ । जिल्लाको तामाकोशी गाउँपालिकाले ३६ करोड ९९ लाख रुपैयाँ, बैतेश्वर गाउँपालिकाले ३५ करोड ९५ लाख रुपैयाँ, मेलुङ गाउँपालिकाले ३६ करोड ३९ लाख रुपैयाँ र शैलुङ गाउँपालिकाले ३६ करोड ७२ लाख रुपैयाँ बजेट प्राप्त गर्नेभएको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x