Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईएमई पे क्यासब्याक अफर सार्वजनिक

आईएमई पे क्यासब्याक अफर सार्वजनिक


काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ले यही जेठ २५ गतेदेखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको छ ।

‘प्रिमियम तिरौँ क्यासब्याक पाऔँ’ नामक अफरमार्फत प्रयोगकर्ताहरूले आईएमई पेमार्फत ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति मात्र नभई प्रिमियम तोकिएको मिति सकिएको सात दिनभित्र भुक्तानी गर्दा एक हजार रुपैयाँसम्मको क्यासब्याक पाउनेछन् र अफर अवधिभर हरेक महिना एक भाग्यशाली विजेताले स्मार्ट घडी जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

आईएमई पेको बारेमा : नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आईएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । ‘आईएमई पे’ आईएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली–२०७२ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आईएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरूमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x