Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध३५ लाख लुट्ने प्रहरी समात्न प्रहरीको आलटाल

३५ लाख लुट्ने प्रहरी समात्न प्रहरीको आलटाल


काठमाडौं । गत जेठ ८ गते काठमाडौंको लैनचौरस्थित ब्याडमिन्टन कोर्टनजिक रहेको खाजाघरबाट ३५ लाख लुटिएको घटनामा प्रहरीकै संलग्नता खुले पनि सोबारे प्रहरी प्रशासन मौन रहँदै आएको छ । प्रहरीले अहिलेसम्म औपचारिक जानकारी नदिई लुकाइराखेको सो लुटपाट घटनामा प्रहरीले दुई जना समातेको बताए पनि आफ्नै संगठनका प्रहरी अधिकृतहरु समेत संलग्न रहेको बारे भने केही बताएको छैन ।

सुनको कारोबार नै नगर्ने कास्कीको पोखरा महानगरपालिका लेखनाथ बस्ने ४० वर्षीय एक व्यक्तिले सस्तोमा सुन पाउने भएपछि पैसा खोजेर भए पनि किन्ने र महँगोमा बेच्ने नीति बनाएर लुटेरा समूहबीच सुन किनबेचको डिल गरी पैसा बोकेर त्यहाँ सुन लिन गएका थिए । त्यहाँ सस्तोमा सुन पाउनुको सट्टा आफूले लगेको पैसा नै लुटिएपछि उनले प्रहरीलाई खबर गरेका थिए र त्यसलगत्तै प्रहरी वृत्त लैनचौरको टोली त्यहाँ पुगेको थियो । प्रहरी संगठनकै एक जना सिपाही र अर्का हवल्दारको संलग्नता खुलेको ३५ लाख लुटिएको सो घटनाको विषयमा प्रहरी प्रशासनको रहस्यमय मौनता देखिँदै आएको छ ।

घटनास्थलबाट एक जनाको रेडमी कम्पनीको मोबाइल फोन, सामसुङको स्मार्ट वाच भेटिएको र सोही मोबाइलले प्रहरीको संलग्नता खुलेको थियो । लुटपाटमा संलग्न प्रहरी पक्राउबारे समेत प्रहरीले औपचारिक जानकारी गराएको छैन ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x