Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्मार्टफोनहरू एआईद्वारा सञ्चालित उपकरण बन्दै

स्मार्टफोनहरू एआईद्वारा सञ्चालित उपकरण बन्दै


काठमाडौं । समयसँगै तीव्र रुपमा स्मार्टफोनले पनि फड्को मारेको छ । हाल उपभोक्ताको धारणाहरु परिवर्तन गर्दै स्मार्टफोन हातमा सहजै बोक्न मिल्ने बहु–कार्यात्मक उपकरणको रुपमा विकसित भइसकेको छ । पहिला मोबाइल फोनको एकमात्र उद्देश्य भनेको मानिसहरूलाई कल गर्ने साथै दिनभर उनीहरूका धेरैजसो कार्यहरूमा मद्दत गर्ने हो, जसका लागि ठूला ब्याट्री हुन्थ्यो । त्यसपछि, स्मार्टफोनमा तस्बिरहरू क्लिक गर्ने क्षमता वृद्धि र अन्य सुविधाहरू पनि यसमा थप हुँदै गए । त्यस बेलादेखि, प्रयोगकर्ताहरूले कहिले पनि स्मार्टफोन खरिद गर्दा आफ्नो इच्छा र चाहनामा सम्झौता गरेका छैनन् ।

उत्कृष्ट प्रविधि : स्मार्ट क्यामेराको विकाससँगै अब व्यावसायिक गुणस्तरका तस्बिरहरू साना उपकरणहरूबाट सहजै खिच्न सकिन्छ । स्मार्टफोनमा एआई–सञ्चालित स्मार्ट विशेषताहरू छन्, जसले वातावरणको पहिचान गर्दै नोइज हटाउन, पर्याप्त प्रकाश मिलाउन तथा सुधार गर्न, सार्पनेस मिलाउँदै फ्रेममा कुनै पनि अनावश्यक वा धमिलो तत्वहरू हटाएर फोटोहरूलाई स्वचालित रूपमा सुधार गर्न सक्षम बनाउँछ । स्मार्टफोनले पृष्ठभूमिको विश्लेषण र पहिचान गर्न, व्यक्ति र वस्तुहरू पहिचान गर्न एआई एल्गोरिदम प्रयोग गर्दछ । यसले विषयलाई फरक बनाउन र दृश्यलाई तीव्र रूपमा सुधार गर्न ब्लर जस्ता विभिन्न मोडहरू र विशेषताहरू सुझाउँछ ।

भिभो एक ग्लोबल टेक्नोलोजी ब्रान्ड हो जुन ग्राहक केन्द्रित नवीनताप्रति प्रतिबद्ध रहेको छ । यसै प्रतिबद्धताप्रति अटल रहँदै भिभोले सुलभ तथा प्रिमियम सिरिज स्मार्टफोन पोर्टफोलियोमा एआई क्यामेरा टेक्नोलोजी प्रदान गर्दै आइरहेको छ । एआई क्यामेरा एल्गोरिथ्मले विषयलाई पृष्ठभूमिबाट छुट्याउँछ र सनसेट, म्याक्रो, ल्यान्डस्केप, पोट्र्रेट, लगायत धेरै इनबिल्ट प्रिसेट दृश्यहरू प्रदान गर्दछ जसले प्रकाश र अन्य कारकहरूमा आधारित वातावरणको आकलन गर्दै प्रयोगकर्ताहरूलाई एकै पटकमा स्मरणीय क्षणहरु क्याप्चर गर्दछ ।

प्रिमियम डिजाइन भिभो प्रायः उत्कृष्ट क्यामेरा र आकर्षक डिजाइनका लागि परिचित छ जसकारण स्मार्टफोन उत्साहीहरूको मन जित्न सफल भएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x