बाँके, फागुन ७
नेपालगञ्ज वडा नं. २२ मा नौ करोडको लागतमा एसके डेरी उद्योग स्थापना भएको छ । उक्त उद्योगको एक कार्यक्रमका बीच प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरे । २०४५ सालदेखि नै बाँकेको व्यावसायिक क्षेत्रमा सक्रिय रहेका सरोज पाण्डेले नेपालगञ्ज–२२, पुरैनीमा नौ करोड लगानीमा ‘एसके डेरी इण्डस्ट्रिज प्रालि’ सञ्चालनमा ल्याएका हुन् । कोहलपुरको पहिलो धिताल पेट्रोल पम्पमा चिन्तामणि धितालसँगै उनको लगानी समेत थियो । त्यहीँबाट बाँकेका विभिन्न व्यावसायिक क्षेत्रमा सक्रिय रहेका पाण्डेले पश्चिममै ठूलो लगानीमा डेरी उद्योग सञ्चालनमा ल्याएका हुन् ।
साढे पाँच कठ्ठा जग्गामा स्थापना भएको उक्त डेरी उद्योगबाट दैनिक १५ हजार लिटर दूध प्रशोधन गरेर बिक्री वितरण गरिने उद्योगका सञ्चालक पाण्डेले जानकारी दिए । ‘यसका लागि बर्दियास्थित भगवती डेरीसँग सहकार्य गरिएको छ’, पाण्डेले भने, ‘उद्योगमा भारतका एचएमटी र गोमा कम्पनीका प्लान्ट लगाइएको छ । नेपालगञ्जमा गुणस्तरीय दुग्ध पदार्थ बिक्री गर्छौँ । दूधको गुणस्तरमा कुनै समस्या नआओस् भनेर उच्चस्तरीय मेसिनरी सामग्रीको प्रयोग गरेका छौँ ।’ एसके डेरी उद्योगले रोयल च्वाइस ब्राण्डमा दूधका उत्पादन बजारमा आउनेछ । यसको सफट् लन्चिङ भइसकेको छ ।
उद्योगबाट दूधका अतिरिक्त पनिर, बटर, दही, घिउ, चिज र आइसक्रिम उत्पादन हुनेछ । ‘हामी दूध मात्रै होइन अन्य वस्तु समेत उत्पादन गर्नेछौँ,’ पाण्डेले भने, ‘प्रदेश ५ र ६ मा अहिले भारतबाट आयात भएर आउने दुग्ध पदार्थ बिक्री भइरहेको छ । हाम्रो उद्देश्य ती आयातित वस्तु प्रतिस्थापन गर्नु पनि हो ।’ उद्योगका लागि आवश्यक कच्चा दूध संकलनमा पनि विशेष ध्यान दिएको छ । दूध संकलन गर्नु अघि त्यहाँका किसानलाई विशेष जनचेतना जगाउने कार्यक्रम पनि गरिरहेको छ ।
यसअघि ५ नम्बर प्रदेश सरकारका मुख्यमन्त्री पोखरेलले १ करोड ६ लाख ८ हजार २ सय ९१ रुपैयाँ लागतमा तयार हुने मानसरोवार उद्यानको पनि आइतबार शिलान्यास गरेका थिए । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६, लालपुरस्थित न्यु हरियाली सामुदायिक वन उपभोक्ता समुहको जङ्गल हाताभित्र निर्माण गरीने मानसरोवरको प्रतीकात्मक स्थल सहितको बोटानिकल गार्डेन को शिलान्यास गरिएको हो । मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले निर्माण गर्ने संरचनाको संरक्षणका लागि स्थानिय सरकार प्रतिवद्द हुनुपर्ने बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया