दिक्तेल महोत्सवमा माटोविना नै खेती गर्न सकिने प्रविधि प्रदर्शनीमा
खोटाङ, फागुन ७
खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालन भइरहेको प्रथम खोटाङ दिक्तेल महोत्सवमा माटोविना नै खेती गर्न सकिने प्रविधि प्रदर्शनीमा राखिएको छ । दिक्तेलस्थित पञ्च माध्यामिक विद्यालयले राखेको विना माटो नै खेती गर्न सकिने प्रविधिको स्टल कृषकहरुको आकर्षणको केन्द बन्न थालेको छ ।
उक्त प्रविधिमा बिरुवालाई आवश्यक पर्ने सम्पूर्ण खाद्य पदार्थहरु संकलन गरी ड्रममा राखेर पाइपको माध्यमबाट बिरुवा दिएर खेती गर्न सकिने विद्यालयका वरिष्ठ कृषि प्रशिक्षक तेज प्रकाश जैसीले बताए । गाईभैंसीको पिसाब, गड्यौलाको मलको झोललगायत बिरुवालाई आवश्यक पर्ने खाद्य पदार्थमा पानीको सन्तुलन मिलाएर यस्तो प्रविधिको खेती गर्न सकिने जैसीको भनाइ छ ।
विद्यालयले प्रदर्शनीमा राखेको यस्तो प्रकारको खेती प्रविधिमा अहिले चाइनिज रायोको साग, फर्सि र मुला बढिरहेको देख्न सकिन्छ । विद्यालयले महोत्सवको सुरुदेखि नै प्रदर्शनीमा राखेको यो प्रविधि महोत्सवमा आउने विभिन्न कृषकहरुको आकर्षण र चासोको विषय बन्न थालेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया