नेपालमा पहिलो पटक विद्यालयस्तरमा सौन्दर्यकलाको पठनपाठन
काठमाडौं । नेपालमै पहिलो पटक विद्यालयस्तरमा सौन्दर्यकलाको पठनपाठन सुरु हुने भएको छ । डिल्लीबजारस्थित पद्मकन्या विद्याआश्रम माध्यमिक विद्यालयले कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रममा सौन्दर्यकला विषयको पठनपाठन सुरु गर्ने भएको हो ।
पाठ्यक्रम विकास केन्द्र, सौन्दर्य कला व्यवसायी संघ र पद्मकन्या विद्यालयले संयुक्त रुपमा आयोजना गरेको छलफल कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक रिता तिवारीले विद्यालय शिक्षा समाप्त भएपश्चात छात्राहरु आत्मनिर्भर र स्वाबलम्बी बन्न सकून् भन्ने उद्देश्यले सम्बन्धित निकायबाट अनुमति लिई सो विषयको पठनपाठन सुरु गरिएको बताइन् । कार्यक्रममा सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठले आफूले सौन्दर्यकलालाई पाठयक्रममा समावेश गराउन निकै संघर्ष गरेको र अन्त्यत सफल भएको बताइन् ।
यस क्षेत्रमा दशकौँ बिताएकी श्रेष्ठले सौन्दर्य कलामा प्रवेश गरेको सुरुवाती दिनहरुमा आफू समाज र आफन्तबाटै अपहेलित हुनुपरकाले आगामी दिनमा कुनै महिला र छात्रालाई आत्मनिर्भरताको बाटो रोज्दा समस्या नआओस् भन्ने हेतुले आफू यसलाई स्थापित गरेरै छोड्ने अठोटमा अघि बढेको उल्लेख गरिन् । अनुहारको सजावट मात्रै सौन्दर्य नभएको प्रष्ट पार्दै उनले सौन्दर्य ज्ञान र शास्त्र समेत रहेको बताइन् । सौन्दर्य अनुहार सजावटदेखि लिएर स्वस्थ शरीर र व्यायामसँग पनि जोडिएको विषय रहेको उनको भनाइ थियो ।
छलफलमा उपस्थित पाठ्यक्रम विकास केन्द्रका शाखा अधिकृत खिलानाथ धमलाले संघ र विद्यालयको यो प्रयास निकै फलदायी रहेको बताए । उनले यस विषयसम्बन्धी बनाइने थप योजना र कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रको पूर्ण सहयोग रहने बताए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया