विभागद्वारा २१ अर्ब ७२ करोडको मागदाबी गरी मुद्दा दायर
काठमाडौं । राजस्व अनुसन्धान विभागले पछिल्लो ८ महिनामा विभिन्न मुद्दामा २१ अर्ब ७२ करोड रूपैयाँबराबरको मागदाबी गरी मुद्दा दायर गरेको छ । विभागले विभिन्न एक सय १५ वटा मुद्दामा २१ अर्ब ७१ करोड ५२ लाख ३४ हजार पाँच सय ७४ रूपैयाँबराबरको बिगो र जरिवाना मागदाबी गरी मुद्दा दायर गरेको हो ।
विभागले उक्त अवधिमा राजस्व चुहावटसम्बन्धी ६९ वटा र विदेशी विनिमय अपचलनमा ४६ वटा मुद्दा दायर गरेको छ । विभागका अनुसार राजस्व चुहावटसम्बन्धी ६९ वटा मुद्दामा दुई सय तीन जनाविरुद्ध मुद्दा दायर गरिएको छ । उनीहरूविरुद्ध कुल २० अर्ब ६१ करोड ३० लाख ८६ हजार सात सय ७९० रूपैयाँ बिगो दाबी गरिएको विभागले जनाएको छ । यस मुद्दामा १० अर्ब ३० करोड बिगो दाबी र १० अर्ब ३० करोड जरिवाना रकम राखिएको छ ।
यसैगरी, विदेशी विनिमय अपचलन विषयमा ४६ वटा मुद्दा दायर गरिएको छ । यसअन्तर्गत ७८ जनाविरुद्ध एक अर्ब १० करोड २१ लाख ४७ हजार सात सय ८४ रूपैयाँ बिगो दाबी गरिएको विभागले जनाएको छ । यसैगरी, यस अवधिमा भीसीटीएसमा छ सय ६८ वटा फर्म/सवारीलाई कारबाही गरिएको छ । यसमार्फत तीन करोड ४३ लाख २६ हजार रूपैयाँ संकलन भएको विभागको भनाइ छ । विभागका महानिर्देशक प्रकाश पौडेलले २०७८ साल असोज १८ गतेबाट उक्त संख्यामा कारबाही तथा मुद्दा दायर गरिएको सोमबार एक विज्ञप्ति जारी गरी जानकारी दिएका हुन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया