श्रमिकलाई केन्द्रमा राखेर वैदेशिक रोजगार नीति परिमार्जन गर्नुपर्नेमा जोड
काठमाडौं । श्रमिकलाई केन्द्रमा राखेर वैदेशिक रोजगार नीति परिमार्जन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । मानव अधिकारका लागि जनमञ्चले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सरोरकावालाहरूले वैदेशिक रोजगारमार्फत गरिबी निवारण तथा राष्ट्रको दिगो आर्थिक र सामाजिक विकासमा अधिकतम योगदान पु-याउने लक्ष्य लिएको नीति पुनरावलोकन गर्दा श्रमिकलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका हुन् ।
वैदेशिक रोजगारका आयममा आएका परिवर्तनलाई आत्मसात् गर्दै नीति पुनरावालोकन हुनुपर्ने उनीहरूको भनाइ थियो । गन्तव्य मुलुक र स्रोत मुलुकको आवश्यकताका परिपूर्तिका रूपमा वैदेशिक रोजगारी रहेको उल्लेख गर्दै उनीहरूले वैदेशिक रोजगारीलाई कामयवी बनाउन नीतिमा स्पष्ट व्यवस्था हुनुपर्ने बताए । कार्यक्रममा ‘वैदेशिक रोजगार नीतिको पुनरावलोकनको आवश्यकता र नागरिक समाजको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता सोम लुईँटेलले वैदेशिक रोजगारको बहुआयामिक पक्षलाई ध्यान दिएर नीति पुनरावलोकन गरिनुपर्नेमा जोड दिए ।
संयुक्त राष्ट्रसंघले आप्रवासी श्रमिकको अधिकारलाई मानव अधिकारका रूपमा हेरेको उल्लेख गर्दै उनले नीतिमा कामदारको अधिकारलाई प्राथमिकता दिनुपर्ने बताए । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (एनएनएसएम)का अध्यक्ष हरिबहादुर थापाले नीति परिमार्जन गर्न सरकारलाई दबाब दिनुपर्ने बताए । ‘श्रमिकको सामाजिक सुरक्षा, विपत्को समयमा श्रमिकको उद्धारलगायतको व्यवस्था नीतिमै हुनुपर्छ’, उनले भने, ‘श्रमिकलाई मतदानको अधिकार, नेपालभित्र पनि कार्यक्षेत्रबाटै मतदान गर्ने व्यवस्था नीतिमा समेटिनुपर्छ ।’
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का पूर्वसचिवालय सदस्य नरनाथ लुईंटेलले वैदेशिक रोजगारीका नाममा हुने मानव तस्करी रोक्ने व्यवस्था नीतिमा हुनुपर्ने बताए । कार्यक्रममा रिटर्नी फेरेडेसन नेपालका प्रवक्ता जेपी सापकोटाले आप्रवासी श्रमिकलाई सामाजिक सुरक्षामा जोड्नुपर्ने र श्रमिकको पुनः एकीकलाई प्रभावकारी बनाउने विषय नीतिमै व्यवस्था गर्नुपर्ने उल्लेख गरे । आप्रवासी घरेलु कामदारको क्षेत्रमा काम गर्दै आएको संस्था अमकाश नेपालका अध्यक्ष विजया राई श्रेष्ठले लैंगिकमैत्री नीति बनाउनुपर्ने र आलेखबद्ध कामदारलाई नीतिले समेट्नुपर्ने बताइन् ।
वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतमले सीपयुक्त जनशक्ति मात्र वैदेशिक रोजगारीमा पठाउने नीति अवलम्बन गरिनुपर्नेमा जोड दिए । आप्रवासन अध्येता सोम लामिछाने श्रम आप्रवासन र वैदेशिक रोजगारीका विषयमा प्रस्ट भएर नीति पुनरावलोकन गरिनुपर्ने बताए । रोजगारीका क्रममा भारतमा रहेका श्रमिकलाई पनि नीतिले सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो । प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले वैदेशिक रोजगार बोर्डलगायत संरचनाका बारेमा नीतिमा स्पष्ट व्याख्या हुनुपर्नेमा जोड दिए ।
औपचारिक रूपमा नेपाली श्रमिक विदेशीन थालेको डेढ दशकपछि मात्र सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन वैदेशिक रोजगार नीति, २०६८ जारी गरेको थियो । अन्तर्राष्ट्रिय श्रम बजारमा आएको परिवर्तनलाई सम्बोधन गर्न प्रत्येक पाँच/पाँच वर्षमा नीति पुनरावलोकन गर्ने उल्लेख छ । तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व गरेका प्रत्येक मन्त्रीले नीति पुनरावलोकनलाई प्राथमिकता दिइएको उल्लेख गर्दै आए पनि अहिलेसम्म पुनरावलोकनले मूर्तरूप लिन सकेको छैन । वर्तमान सरकारले भने वैदेशिक रोजगार नीतिलाई पुनरावलोकनको तयारी गरिरहेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- छोराद्वारा बुबाको हत्या
- दाङमा तोरीको उत्पादन बढ्दै
- कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ
- एनपिएलको ट्रफी सार्वजनिक
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया